नेपालगञ्ज,२७ माघ/ संस्कार र संस्कृति राष्ट्रका प्राण भन्ने मुल नाराका साथ स्वामी विवेकानन्द सस्कृति ज्ञान परिक्षा कार्यक्रम शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
जनजाती कल्याण आश्रमका राष्ट्रिय महासचिब प्रेम थुलुङको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा संयोजक डा. जर्नादन आचार्य र सह संयोजक ब्रिजेसकुमार सिहं रहेका थिए ।
स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा देशभर भइरहेको अवस्थामा नेपालगञ्जको रामलिला मैदानमा पनि भएको प्रमुख अतिथि थुलुङले बताए ।
कार्यक्रमा बोल्दै नेपालको परम्परा, संस्कृति, कला, मुल्य मान्यता, अस्तित्व धर्म परम्परा सहित देशलाई विश्वको सामु जोगाई राख्नको लागि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा देश भरि संचालन गर्दै आएको उनले बताए ।
नेपाली भनेर चिनिने मूल संस्कृति र परम्पराहरु लोप हुदै गैरहेको र बाहिरी संस्कृति बढि प्रवेश गरिरहेकोले आफ्नो मुल संस्कृति बचाउनको लागि हिन्दु स्वंयसेवक संघ नेपालद्वारा आयोजना गरिएको समेत बताए ।
नेपालगञ्जबाट ४१ विद्यालयको सहभागिता रहेको परिक्षा कार्यक्रममा ब्राईटल्याण्ड ई.मि. स्कुल प्रथम, आदर्श मावि राँझा द्वितीय, मोडर्न पब्लिक स्कुल तृतिय र ज्ञानोदय विद्या निकेतन, ए वि सी स्कुल, शान्ति मावि, आर्दश मावि, जी वि एन , वेस्ट जोन, होलील्याण्ड लगायत ११ वटा स्कुल सान्त्वना भएका छन ।
प्रथम द्वितीय त्रितिय र सान्त्वनालाई क्रमश ११ हजार, ७ हजार, ५ हजार र १ हजार पुरस्कार प्रदान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्