दैलेख महोत्सवको तयारी अन्तिम चरणमा



दैलेख,२३ माघ/    जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह समितिले जानकारी दिएका छन् ।

जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सबको आयोजना गरिएको हो ।

यही माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो । पर्यटन, स्थानीय कला संस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक गोविन्द केसी जानकारी दिए ।

दैलेखका पञ्चकोशी लगायतका धार्मिक तथा ऐतिहासिक स्थलकहरुको अवलोकनका लागि बाह्य पर्यटकहरुलाई थप प्रोत्साहिन गर्ने अपेक्षा राखिएको केसीले बताए ।

महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आर्थीक तथा कलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे ( माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका कलाकारहरुको प्रस्तुती रहने अनुरागले जानकारी दिए ।

उनका अनुसार महोत्सबको दैलेख आउने कलाकारहरु तथा अतिथीहरुलाई दैलेखका पंचकोशि क्षेत्र लगाएतका सास्कृति धार्मीक स्थलहरुमा अवलोकन गराई दैलेखको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने लक्ष राखिएको छ ।

उनका अनुसार ८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार