सल्यान,२१ माघ/ सल्यान उद्योग बाणिज्य संघ सल्यानले शनिवार समिक्षा बैठक सम्पन्न गरेको छ ।
गत पुस २६ गते देखि ३० गते सम्म संचालन भएको कृषि, पशु, बन, पर्यटन, व्यापार तथा सास्कृतिक महोत्सव २०७४ को विषयमा भएको समिक्षा बैठकमा उद्योग बाणिज्य संघ सल्यानले गरेको कामकारवाही पनि सार्बजनिक गरेको छ ।
संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला भरिका विभिन्न सरकारी तथा गैर सरकारीका ब्यक्तिहरु लाई आमन्त्रण गरि गरेको सो समिक्षा बैठकमा मेला अबधिभर गरेको साथ सहयोग समर्थन लाई कदर गर्दै संघले कदर पत्र प्रदान गरेको छ ।
संघले लगाएको महोत्सवको आय–ब्यय लाई सबै माँझ सार्बजनिक गर्दै १८ लाख ७९ हजार ४ सय आठ रुपैयाँ प्राप्त भएको तथा ३ लाख रुपैया प्रतिबद्धता रकम गरी २१ लाख ७९ हजार ४ सय रकम संघको नाममा प्राप्त भएको र सो महोत्सवमा १६ लाख ९२ हजार ४ सय रुपैया खर्चको विवरण सार्बजनिक गरेको थियो ।
उक्त बैठकमा विभिन्न सरोकारवाला निकाय संग छलफल पनि गरेको थियो । प्रमुख अतिथी केश बहादुर बिष्टले बिगतका बर्षहरु भन्दा यो बर्ष सल्यान उद्योग बाणिज्य संघको महोत्सव निकै नै सफल रहेको र कृषीमा पनि निजि क्षेत्रबाट विशेषखालको परियोजना निर्माण गर्न सल्लाह सुझाव दिएका थिए ।
त्यस्तै सल्यान शारदा नगरपालिकाका प्रमुखले स्थानिय सरकारबाट जिल्लाभित्र निजी क्षेत्रबाट हुने सहयोगको लागि आफू जहिले पनि सकारात्मक रहेको र सल्यानमा कृषि जोन निर्माणमा तत्पर रहेको बताएका थिए ।
जिल्लामा पहिलो पटक हजारौं दर्शकका साथ शान्तिपूर्वक महोत्सब सम्पन्न गरेकोमा संघलाई धन्यवाद दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्