सल्यानमा ट्याक्टर दुर्घटना, एकको मृत्यु



 सल्यान,१३ माघ/    सल्यानमा ट्याक्टर दुर्घटना हुदा एकजनाको ज्यान गएको छ ।

दाङ बाट सल्यान दार्मा गाउपालिका तर्फ जादै गरेको रा १ च २९४९ नम्वरको ट्याक्टर गएराति दुर्घटना हुदा चालक दार्मा गाउपालिका वडा नं.३ वस्ने वर्ष २० का सुरेश रोकायको ज्यान गएको हो ।

दार्मा गाउपालिका वडा नं. २ को समान लिएर जादै गर्दा दार्मा गाउपालिका वडा नंं ३ दुवाङ भन्ने ठाउमा ट्याक्टर दुर्घटना भएको हो ।

गाडी व्रेक फेल हुदा दुर्घटना भएको गाडीमालिक नारायण दाहालले बताए । ट्याक्टर सडक बाट करिब १० मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार