संघर्षशिल जीवनको भोगाई



कथा

– एकराज शर्मा (प्राध्यापक)

वागेश्वरी वहुमुखी पब्लिक क्याम्पस, कोहलपुर

एकाबिहान घाम झुर्लुक आयो धर्तिमा । त्यतिबेला हिउँको चिसो शित लहरले भिजेको थियो । सायद हिउँदमा धर्तीको प्यास शित लहरले मेटाउने गर्छ । हिउँदमा हरेक प्राणीलाई तातो, न्यानोको आवश्यकता पर्छ । हिउँदमा सृष्टिले पनि त न्यानो खोज्दछ होला तर त्यसको बारेमा कसले बोलिदिने
कठै !
भनिन्छ मानिस चेतनशिल प्राणी हो । कतिपय विद्धानले सर्वश्रेष्ठ प्राणी भन्ने गरेका छन् । मलाई दुवै कुरामा विश्वास छैन । कसरी चेतनशिल ? यदि चेतना भए मानिसले किन अर्काको डाह, इश्र्या गर्छ ? हत्या, आतंक गर्छ ? किन चोरी, डकैती गर्छ ? किन बलत्कारको हदसम्म पुग्छ ? अति सर्वश्रेष्ठ खोई ? मानिस सर्वश्रेष्ठ भएको भए किन पढ्नु, लेख्नु, कमाउनु, खानु, लिनु र दिनु ? किन विभिन्न क्रियाकलाप गरी दुःख र कष्ट गर्दै संघर्षमय जीवन जिउनुपर्ने ? यि प्रश्नहरुको उत्तर नआउँदा सम्म ।
मानिस प्रगतिशिल तथा संघर्षशिल प्राणी हो त ? यो केहि हदसम्म नजिक छ कि । कुनै समयमा त्यस्तै प्रश्नहरुको उत्तरको खोजिमा भौतारी रहेको व्यक्ति हो ‘राज’ । पहाडको कुनै अविकसित ठाँउमा जन्मियो । विविध सघर्षसंग प्रा.वि. तहको अध्ययन गर्न ४ घण्टा हिडेर जान्थ्यो । ८ वर्षको उमेरमा ४ घण्टा उकालो चढेर ५ वर्षमा उक्त तहको अध्ययन पूरा ग¥यो उसले । उसको पढाइ त निकै मेहनती थियो, जेहेन्दार थियो उ । कक्षा ५ मा स्रोतकेन्द्र स्तरीय परीक्षामा प्रथम भयो । फेरि घरदेखि २ घण्टाको टाढा सधैजसो हिडेर माध्यामिक तहसम्म पढाइहुने विद्यालयमा भर्ना भयो । घरको आर्थिक अवस्था त मजवुत थियो उसको । तर सधै अभाव भए जस्तो व्यवहार देखाउने गर्दथ्यो उसले । विद्यालय जाँदा ठूला ३ वटा खोला, नाला पार गरेर पढ्न जान्थ्यो । कक्षामा निकै मेहनत गर्ने साथी, भाईसँग घुलमिल हुने नेतृत्व गर्ने बानी थियो उसमा ।
सबै गुरुहरुको प्यारो, बोल्न सक्ने क्षमतावान, तार्किक, जेहन्दार विद्यार्थीका रुपमा विद्यालय भरी परिचित थियो । कक्षा ८ मा पढ्दा उसले अध्ययन गर्ने विद्यालयले ‘छेलो प्रतियोगिता’ को आयोजना गर्ने अवसर समेत प्राप्त ग¥यो । उक्त प्रतियोगितामा भाग लिन ४÷५ जिल्ला बाट सहभागी हुने प्रचलन समेत थियो । एक दिन तोकिएको मितिमा प्रतियोगिता चलिरहेको बेला राजनीतिको गन्ध बुझ्न गएका सुरक्षा कर्मीले ५÷७ जना उसका साथीहरु गिरफ्तार गरेका थिए । प्रतियोगिता सम्पन्न भएपछि गिरफ्तार भएका साथीहरुले उसलाई आरोपमा लगाउन समेत पछि परेनन् । राजनीतिमा समेत विशेष चासो राख्ने ‘राज’ आरोपीको भोगाईबाट समेत अछुतो रहेन ।
संघर्षशिल हुदै निकै दुःख, कष्ट झेलिरहेको राजले आठ कक्षाको जिल्ला स्तरीय परीक्षामा राम्रो सफलता नगरेको होइन । उ ईमान्दार, जेहन्दार, पौरखदार त थियो तर उसको सम्पूर्ण साथीसँगत बढी केटाहरु भन्दा केटीहरुसँग थियो । उसले भन्ने गर्दथ्यो केटाहरु स्वार्थी हुन्छन् तर केटीहरु विश्वासी, ईमानदारी हुन्छन् भन्ने तर्क थियो । विविध समस्या झेल्दै उसले आफ्नो अध्ययनमा निरन्तर लाग्यो । कक्षा ९ मा पढ्दा झन ठूलो नेतृत्व लियो । नेतृत्व लिइरहेको बेला अरुबाट दबाब प¥यो । उसलाई मार्ने, काट्ने, लुट्ने, धम्की आएपछि पनि आत्तिएन उ । तर विविध वातावरणका वाफजुत घर छोडेर शहरतिर भाग्नु प¥यो उसलाई । आम्मै ! के राज त दोषी थियो ? किन निर्दोषलाई दोषी भन्ने तर्कहरु उसका साथीहरुले गर्नथाले । उ लुक्यो ज्यान बचाउन तर घरको माया, ममता पाईरहेको तथा आमाबावुबाट कहिल्यै टाढा नभएको राज लुकेको ठाँउमा आफन्तसँग भक्कानीएर रुने ग¥यो । तर पनि आफ्नो अध्ययन कार्यलाई निरन्तरता दियो उसले । न नियमित कलास, न नियमित पठनपाठन् तथा न स्वतन्त्र बसाई तर पनि एस.एल.सी. परीक्षा दियो । कक्षा १ देखि १० सम्म प्रथम भएको राज एस.एल.सी. को नतिजा प्रकाशनमा दुई विषय (गणित र विज्ञान) लाग्यो ।
घरमा आमाबावुबाट टाढा भएको एक्लो महसुस समेत ग¥यो । एक्लोपनको वातावरणसँगै कुनै केटीलाई माया गर्न थाल्यो । आफ्ना दुःख, कष्ट, भोगाइ र गराईको समेत सेयर गर्न सुरु ग¥यो । केटी पनि बिचरी सबैकुरा बुझ्ने कोसिस् गर्थिहोला । यसरी बिरानो ठाउँमा कहिले खाने, कहिले भोकै बस्ने, कहिले भौतारिएर रोडमा जाने, जंगलमा जाने गर्दथ्यो । उसको खोजी गर्न राती उसको घरमा गएकाहरुले उसको सम्पूर्ण सम्पत्तीहरु लुटेर गए । राज झन–झन भौतारिएको थियो । एकदिन राजलाई उसले मनपराएकी केटीले राम्ररी सम्झाइ होला । सोही अवधि भर भोक, प्यास, निद्रा कहिल्यै प्राप्त गरेन ।
सानो उमेरमा उसका आफन्तले तिमी ठूलो भएपछि के बन्छौ भन्दा डाँक्टर भन्ने गर्दथ्यो उसले । तर असफलता र आर्थिक लुटको कारण भएको गरिबीले चक्नाचुर भयो उसको
उद्देश्य । समय, परिस्थितिले उसलाई पढ्ने वातावरण बन्न जटिल भयो । उ संघर्षशिल थियो । कता–कता बाट ं२ मा राम्रो प्रतिशत प्राप्त गरी उत्तिर्ण गरेपनि उसलाई सन्तुष्टि थिएन । स्थानिय क्याम्पसमा भर्ना भई स्नातक तह अध्ययन गर्ने चाहना ग¥यो उसले । उ सँग पैसा पनि छैन । आमाबावुले घरबाट पठाउने अवस्था पनि रहेन । कहिले भोकै बस्छ, खाली पेटमा पानी पिएर समेत बसेको हुन्छ, राज । आफ्नो जीवन संघर्षशिल बनाउदै कुनै एउटा विद्यालयमा पढाउने अवसर त पायो तर त्यसबाट प्राप्त गरेको पैसाले उसको जीवनमा राहत मिलेको थिएन । स्नातक तहको पढाई राम्रो अंक प्राप्त गरी पूरा गर्न सफल भयो राजले । यसमा गर्वको अनुभूति त ग¥यो तर पनि घर, परिवारबाट टाढै छ उ । राजको उद्देश्य ठूलो मान्छे बन्ने, समाजसेवा गर्ने, नाम परिचित गराउने लक्ष्य थियो । झन विवाह बन्धनमा बाँधिएर सन्तान समेत प्राप्त गरिसकेको थियो उसले । आर्थिक समस्याका कारण सुत्केरी श्रीमती समेतलाई राम्रोसँग पेटभरी खाना दिने त परै जावस आर्थिक कारणले स्याहर समेत गर्न सकेन उसले ।
कयौ वर्ष अर्काको घरमा डेरा गरी बसी रहयो । एकपटक त उसले राती पढीरहेको बेला घरबेटीले मेन स्वीच समेत अफ गरेको दर्दनाक घटना सुनाउँछ उसले र जीवन झेलीएको छ
उसको । कयौपटक घरभाडा तिर्न नसकेर घरबाट घरबेटीले निकाला समेत नगरेको होइन । उसकी श्रीमती सानो बच्चालाई समातेर हिँउदको कठ्याङग्रीने जाडोमा बच्चा च्यापेर बस्नुपर्ने बाध्यता समेत भयो उसलाई । साथीभाई, आफन्त, इष्टमित्र, गुरुआमाहरु सँग नजिक रहने राजको जिवन दुःख, कष्टसँग बित्यो । कता–कता स्नातकोत्तर तह उसको श्रीमतीको अथक मेहनतपछि प्रथम श्रेणीमा सफलता प्राप्त ग¥यो । उसले पठनपाठनमा सफलता प्राप्त गरेपनि आर्थिक सफलता भने प्राप्त गर्न कहिल्यै सकेन ।
जँहा काम गर्ने अवसर प्राप्त गर्छ तर उक्त ठाँउमा आफ्नो साथीभाईको घेराबन्दीमा पर्छ, राज । जसलाई नजिक बनाउन खोज्दछ, सहयोग गर्छ उनीहरुले नै आलोचना गर्छन् उसको । उसले गर्ने काम इमान्दारी छन् । दिएको जिम्मेवरी पूर्ण रुपमा बहन गर्छ । राखेको उद्देश्य प्राप्त गर्न उ अहोरात्र खटिरहन्छ । आफ्नो साथीभाईको असहयोगले तथा घेराबन्दीमा पर्दा उ जीवनलाई धिकार्ने काम गर्छ उसले । मानिसको जीवन संघर्षशिल हो वा चेतनशिल छुट्याउन जटिलता छ उसलाई । जीवन भोगाई र गहिराईको केन्द्र विन्दु हो दुःख–सुख एकअर्काका परिपूरक हुन् । उकाली–ओराली बिजुली तारको दुई पक्ष हुन् । खुसी र दुःखी परिपूरक छन् भन्ने तर्क पेश गर्छ, राजले । आफ्नो भोगाई अरुले भोग्न नपरोस् भन्ने सन्देश दिदै हिडेको राज । नोट ः कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार