चलचित्र “साली कसको भेनाको ” को शुभ मुहर्त



चितवन/   नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको ’मंगलबार देखि चितवनमा शुभारम्भ गरिएको छ । मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्रको शुभ मुर्हतमा वरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले क्ल्याप ठोकेर शुभारम्भ गरेका हुन् ।

भद्र भुजेल निर्देशन रहने चलचित्रमा नायक देबसागर बिसि र नवनायिका मरिष्का पोख्रेल मूख्य भूािकामा रहेका छन् । चलचित्रलाई उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामेराको रेकर्ड बटन थिची उद्घाटन गरेका थिए । शुभारम्भमा बोल्दै वरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले चलचित्रमा चितवनको प्राकृतिक मनमोहक दृश्य डाँडाकाँडा,पहाड,र समथर भुभाग सबै रहेकोले चितवन नै यस चलचित्रको लागि खुल्ला स्टुडियो रहेको बताए ।

वरिष्ठ कलाकार श्रेष्ठले चलचित्र र चलचित्रकर्मीको सफलताको लागि शुभकामना समेत व्यक्त गरेका थिए । एक करोड को लगानीमा बन्ने उक्त चलचित्रको मङ्गलबारदेखि छायाङ्कन सुरु गरिएको छ । च

लचित्रमा बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ती अधिकारी को सयुंक्त लगानी रहेको छ । चलचितलाई चितवन र धम्पुसका विभिन्न स्थानमा छायाङ्कन गरिने निर्देशक भुजेलले बताए । चलचित्रमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी, र मिन घलानको संगीत रहेको छ ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका नायक देव सागरको यो चलचित्रमा भने नयाँ अनुभव रहेको बताए । मानवीय सवेदना माथि निर्माण हुन लागेको चलचित्र पुर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुने निर्देशक भुजेलले दाबी गरेका छन् ।

दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर बिष्ट र सुमित लामाको नृत्य रहनेछ । चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार