भुकम्पिय सुरक्षा दिवसका अवसरमा नेपालगन्जमा प्रभातफेरी



नेपालगञ्ज,२ माघ/ २० औँ भुकम्पिय सुरक्षा दिबसका अबसरमा आज नेपागन्जमा प्रभातफेरी कार्यक्रम गरिएको छ । सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ २० औं भूकम्पीय सुरक्षा दिवस आज मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँके बाट सुरुभएको प्रभातफेरी कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रेडक्रस बाँकेका प्रमुख र राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रभातफेरी जिल्ला प्रसासन, त्रिभुबन चोक, बि.पी चोक हुदै नेपालगन्ज उपमहानगरपालीकामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभा कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालीकाका प्रमुख डा.धबल शम्सेर राणाले नेपालगन्जमा नगरपालीका भित्र भबन कोडहरु बनाउने कार्यको शुरुवात गरिने बताउनु भएको छ ।

बि.स २०७२ को भुकम्पले नेपालमा खुल्ला क्षेत्रको कमी रहेको बताएको र अब नेपालगन्ज उपमहानगरपालीकाका सबै वडाहरुमा रहेका ऐलानी जग्गालाई नगरको स्वामित्वमा लिएर एउटा चिल्ड्रेन पार्क सम्मको ब्यबस्था गर्ने पनि उहाले उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेस केसीले ७२ को भुकम्पले सबैलाई धेरै सिकाएको , भुकम्पका बेलामा कसरी बच्ने भनेर कस्ता रणनिति अपनाउने त्यस बारेमा स्थानिय स्तर देखि केन्द्रिय तहसम्म रणनितिक योजनाको आबश्यकता रहेको उहाले बताउनु भयो ।

कार्यक्रममा शसस्त्र प्रहरी बागेश्वरी गणले भुकम्पका बेलाम आबश्यक पर्ने भुकम्प सामाग्रीका नमुनाहरुको कार्यक्रम सहभागिहरुले अबलोकन र प्रयोग तरिका समेत बताईएको थियो कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुख, र सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार