19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जनता आवास घरहरु सम्झौता सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

कोहलपुर, २७ बैशाख  / बाँके र बर्दियाका गरिव र विपन्न परिवारका लागि पक्की घर निर्माणका लागि सूरु भएको जनता आवास कार्यक्रमले बर्दियामा कार्यान्वयन ईकाई कमिटि गठन सूरु गरेको छ । घर छनोटमा परेका मधेशी, दलित, मुस्लिम, लोपोन्मुख समुदायबाटै १० देखि २५ घर समूहको नेतृत्व हुने गरी कार्यान्वयन ईकाइ कमिटि गठन सूरु भएको हो ।
बर्दियामा अहिलेसम्म १२ वटा समिति बनेका जनता आवास कार्यक्रम बर्दियाका ईन्चार्ज बलराज सिग्देलले बताए । बर्दियाको तारातालस्थित राजी समुदाय, गुलरीयाको लोध, सोरहवाका गन्र्धव बस्तीमा समिति निर्माण भएको सिग्देलले जानकारी दिए ।
यस्तै पद्नाहमा बादी समुदाय, बानियाभारको राजी, दलित, धधवारमा राजी र वादी समुदाय, सानोश्रीमा बादी समुदाय, ढोढरमा लोहार र गुलरीयामै चमार समुदायमा घर निर्माणका लागि कमिटि गठन भएको छ । बर्दियामा बैशाख मसान्तसम्म घर सम्झौता गर्ने र कार्यान्वयन ईकाई कमिटि गठन गरिने भएको छ ।
जनता आवास कार्यक्रा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जले बर्दियामा एक हजार ३० र बाँकेमा एक हजार २० वटा घर घर बनाउन सूरु गरेको छ । जेठ महिनाबाट बाँके र बर्दियामा घर निर्माण थालिने लक्ष्य लिएको छ । एउटा घर निर्माणका लागि दुई लाख १५ हजार रुपैँया उपलब्ध गराइने छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:28:58 PM  |