डोल्पा,१ माघ/    दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी नेपाली रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पुर्याएको हो ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ ।

डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभया