बर्दिया,२७ पुस/ डुंगा सयर,जंगल सफारी, वन्यजन्तु तथा चरा अवलोकन गर्न पाईने सतखलुवा सतखलुवा ताल सिमसार क्षेत्र र होमस्टे घुम्न आउने पर्यटकहरुको लागि आर्कषणको केन्द्र बन्दै भएको छ । यहाँ पर्यटकहरुको संख्या दिन प्रतिदिन वृद्धि भएपछि त्यस क्षेत्रका स्थानीयमा समेत खुशीयाली छाएको छ ।
सतखलवा ताल सिमसारक्षेत्रका अध्यक्ष सुनिलकुमार चापागाईले मध्यपश्चिमको प्रमुख व्यापारिक थलो नेपालगञ्जबाट एक घण्टामा , बर्दियाको सदुरमुकाम गुलरिया र कोहलपुर चौराहबाट आधा घण्टाको मोटरयात्रा गरेर सजिलै पुग्न सकिने पुर्व– पश्चिम राजमार्गको बैदी चोकबाट ५ किलोमिटर उत्तरमा पर्ने सतखलवा होमस्टे अहिले स्वदेशी तथा भारतीय पर्यटहरुको प्रमुख गन्तव्य बन्न थालेको बताए ।
बारबर्दिया नगरपालिका – ९ समयमा नै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धी पाएको सतखलवा सिमसार क्षेत्रका अध्यक्ष सुनिल चापागाईले बताए । वन्यजन्तुबाट पीडित भएर पनि प्रकृतिको संरक्षणमा लागेकोमा होमस्टे संचालनपछि स्वदेशी तथा विदेशी पर्यटकहरु खाना र बास बसेर प्राप्त गरेको रकमबाट आफनो आम्दानी बढेकोमा आफुहरु खुशी र सुखी रहेको होमस्टे संचालक प्रतिभा चौधरीले बताइन ।
खैरेनीगाउँमा रहेको सतखलवा होमस्टेमा थारु नाच,कुर्कुुटे नाच,भजन नाच,मगर नाच,हुडके नाच जस्ता नाच संस्कृति हेर्न पनि पाइने भएकाले यस तर्फ आर्कषण बढेको होमस्टे संचालक समितिका अध्यक्ष सुर्यप्रसाद आचार्यले बताए ।
सतअलवा होमस्टे आउने पाहुनाका लागि कोदाको ढिडो, लोकल कुखुराको मासु, दुध,दहि, ढिक्री,घोंगी, सिन्की अर्गेनिक तरकारी जस्ता खानाको परिकार समेत पाइने भएकाले यसको आर्कषणण बढेको हो ।
जर्मन कोपरेशन, आ.यु.सि.एन., के.एफ.डब्लु, ए न.टी.एन.सी, हिमालयन नेचर, प्यान्थेरा, जेड. एस. एल.को सहयोगमा खोलिएको सतखलवा होमस्टे संचालनको छोटो समयमा नै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धी पाएको सतखलवा सिमसार क्षेत्रका अध्यक्ष सुनिल चापागाईले बताए ।









प्रतिक्रिया दिनुहोस्