सुनसरी । अत्याधिक जाडो बढेकोले जाडो छल्न भन्दै कोठामा दाउरा र धानको भुसको आगो बाली सुत्दा दुई बालिकाको मुत्यु भएको छ । ईटहरी उपमहानगरपालिका–६ नेपा भबनमा डेरा गरी बस्ने आलम मियाका २ छोरीहरूको गुम्सेर मृत्यु भएको प्रहरीले बताएको छ । मुत्यु हुनेमा सात वर्षकी आलिया सातुन र दुई वर्षकी आयत खातुन रहेका छन् । आलम मिया तथा उनको श्रीमती र दुईजना छोरी सोमबार राती जाडो बढेको भन्दै कोठामा दाउरा र धानको भुसको आगो बाली सुतेको बताइएको छ ।
गुम्सेर बिरामी भएका चारै जनालाई उपचारको लागि बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा दुई छोरीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आलमकी श्रीमतीको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले बताएको छ । कोठाका सबै झ्याल ढोका बन्द गरि सुतेकाले अक्सिजनको मात्रा कम भई उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । महिला खबर
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्