कार्यालयका प्रमुख निराजन सापकाेटाका अनुसार मध्य र सूदुरपश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक जाडाे बढेकाे छ । यता, नेपालगजमा न्युनतम तापक्रम ८.५ डिग्रि सेल्सियस छ । तर यस अघि सन २०१३ जनवरि ९ तारिकमा १.० डिग्रिसेल्सियस रहेकाे सापकाेटाले बताए ।
जुम्लामा न्युनतम तापक्रम माईनस ८ दशमलव ७ डिग्रिसेल्सिमा पुगेकाे छ । तर यस अघि सन १९९१ जनवरि ३ तारिकमा माईनस १३.८ डिग्रिसेल्सियस मापन भएकाे थियाे ।
घाेराही दाङमा यस वर्षकै चिसाे बढेकाे छ । दाङकाे न्युनतम तापक्रम ०.५ डिग्रि सेल्सियस रहेकाे सापकाेटाले उल्लेख गरे । तर दाङमा सन २००१ जनवरि ९ तारिकमा ०.० डिग्रिसेल्सियस थियाे ।
डडेल्धुरामा न्युनतम तापक्रम १.७ डिग्रि सेल्सियस मापन भएकाे छ । यस अघि सन २००८ जनवरि ३ तारिकमा माईनस ५.० डिग्रिसेल्सियस रहेकाे थियाे । दिपायलमा न्युनतम तापक्रम ०.६ डिग्रि सेल्सियस र अत्तरियामा न्युनतम तापक्रम ८.० डिग्रि सेल्सियस मापन भएकाे छ ।
सापकाेटाकाले चिसाे केही दिन बढ्न सक्ने भएकाेले ताताे कपडाहरू लगाउन, दाउरा बालेर न्यानाेमा रहन र ताताे पानी सेवन गर्न अपिल गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्