अखिलका निवर्तमान अध्यक्ष र परीक्षा वोर्डका अध्यक्ष बीच भेटघाट



मिसन सामाचारदाता पुस २०, अखिल (क्रान्तिकारी ) निवर्तमान अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने र राष्ट्रिय परीक्षा वोर्ड का अध्यक्ष चन्द्रमणि पौडेल बीच भेट वार्ता भएको छ । देश संघीय संरचनामा जाँदै गर्दा राष्ट्रिय परीक्षा वोर्डले पनि आफुलाइ संघीय संरचनामा लैजाने गृहकार्य शुरु गरेको र सोही सन्दर्भमा नेपालगन्ज हुनगइरहेको अन्तरक्रिया कार्यक्रमको लागि कोहलपुर आएका पौडेललाई भेटेर कोहलपुर स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयलाई प्रदेश नं ५ को कार्यालयको रुपमा राख्नको लागि बिशेष अनुरोध सहित छलफल भएको छ । सरकारले प्रदेश राजधानी तोक्ने अन्तिम तयारी गरिहेकै समयमा कोहलपुरमा रहेका कतिपय महत्वपूर्ण कार्यालयहरु कोहलपुरबाट प्रदेश राजधानी रहने ठाउँमा सर्ने हल्ला चलिरहेको बेला राष्ट्रिय परीक्षा वोर्डको प्रदेश कार्यालय चाहिँ कोहलपुरमै रहनुपर्ने माग कोहलपुरवासीको रहेको न्यौपानेले पौडेललाई जानकारी गराए । न्यौपानेको आग्रहलाई सकारात्मक रुपमा लिदै राष्ट्रिय परीक्षा वोर्डको प्रदेश कार्यालय कोहलपुर मै राख्न आफुले पहल गर्ने कुरा पौडेलले प्रतिवद्धता जनाएको अखिल क्रान्तिकारी बाँकेका उपाध्यक्ष राजेन्द्र बिष्ट ले जानकारी गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार