दुःख निवारण महालक्ष्मी यज्ञको तयारी



कोहलपुरमा आज नगर सरसफाई गरिने

मिसन सामाचारदाता कोहलपुर, १५ पुस / कोहलपुरमा आगामी माघ १ गते देखि ८ गते सम्म सञ्चालन हुने ‘दुःख निवारण महालक्ष्मी यज्ञ’ लाई सफल बनाउन यज्ञको पूर्वसन्ध्यामा आज ( शनिबार) कोहलपुर नगरलाई सरसफाई गर्न लागिएको हो । विहान ११ बजे कोहलपुर गोलपार्क महालक्ष्मी यज्ञ सञ्चालन हुने स्थानबाट सरसफाई कार्यक्रम शुरु भई कोहलपुर बजार समेतको सरसफाई गरिने यज्ञका संकल्पकर्तागोविन्द शरण महाराजले जानकारी गराएका छन् । महाराजका अनुसार सो सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख ,उप–प्रमुख, १५ वटै वडाका अध्यक्षहरु, कोहलपुर उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागीता हुने प्रतिवद्धता पाप्त भएको छ ।
नैतिकवान , सतचरित्र, सदाचार, इमानदारी व्यवहारद्वारा मूल्यनिष्ट समाजको परिकल्पनालाई साकार पार्ने “घर व्यवसायमा धन लक्ष्मीको वृद्धिका लागि” गर्न लागिएको दुःख निवारण महालक्ष्मी यज्ञ जस्तो धार्मिक उत्सवमा सबैको सहभागिताको लागि गोन्दि शरण महाराजले अनुरोध समेत गरेको
बताए ।
महालक्ष्मी माताकै प्रतिमाको सभापतित्वमा यज्ञ हुने र यो अर्थदान यज्ञ नरहेको समेत महाराजले प्रष्ट पारेका छन् । यज्ञमा स्फटिक
श्रीवृद्धि महालक्ष्मीको प्रतिमाको आराधना गरिने बताइएको छ ।
दुःख निवारण महालक्ष्मी यज्ञको पूर्व तयारीकै क्रममा आज पुष १५ गते नगर सरसफाई , पुष २२ गते साँझ ५ बजे नेपाल आमाको नाममा आरती ,माघ १ गते महालक्ष्मी शोभायात्रा र २ गते रक्तदान कार्यक्रम समेत गरिने गोविन्द शरण
महाराजले वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्दप्तिमा महाराजले धर्म प्रति आस्थावान सबैलाई दुःख निवारण महालक्ष्मी यज्ञको कर्ता बनी धार्मिक अनुष्ठान सम्पन्न गर्दै जीवनको दुःख निवारणको लागि लाभ लिन आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार