व्यवसायिक यौन कार्यमा पुरुषको संलग्नता बढ्दो, महिलाभन्दा छिटो बढ्दैछन् पुरुष यौनकर्मी



bannerएजेन्सी । पछिल्लो समय यौन व्यवसायमा महिला भन्दा बढी पुरुष सक्रिय रहेको एक सर्वेक्षणले देखाएको छ। पछिल्लो वर्ष गरिएको सर्वेक्षणले विश्वाका कयौँ मुलुकमा वेश्यावृत्तिमा लागेका पुरुषको संख्या महिला भन्दा अत्याधिक रहेको देखाएको हो।
एक नयाँ रिपोर्टले पनि महिला भन्दा बढी पुरुषहरु यौन व्यवसायमा सक्रिय रहेको देखाएको हो। भर्खरै सार्वजनिक भएको रिपोर्टले भारतका कैयौँ महानगरमा पनि पुरुषले आफ्नो यौन धन्दा सञ्चालन गर्दै आएको पाइएको हो। पैसा कमाउने होडमा कजेल स्टुडेन्ट यस्ता धन्दामा लिप्त रहेको रिपोर्टले देखाएको हो।
रिपोर्ट अनुसार यस्ता धन्दामा लिप्त रहेका पुरुषलाई महिलाले आफ्नो यौन सन्तुष्टिका लागि पैसा दिएर बोलाउने गर्दछन्। यौन धन्दामा लिप्त पुरुषले एक रातको १ देखि ३ हजारसम्म लिने गरेको पाइएको छ। यस बाहेक केही पुरुष सेक्स वर्कर्सले समलिङ्गी सम्बन्ध समेत राख्ने गरेको अध्ययनले देखाएको छ। भारतका दिल्ली, मुंबई, चण्डीगढ, जस्ता सहरमा समेत पुरुषहरु यौन व्यवसायमा लागेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २ गते आइतबार