एराप्रपा उम्मेदवार कँडेलसँग विकासकै अपेक्षा



नेपालगञ्ज, १७ मंसीर/  एकिकृत राप्रपा(राष्ट्रवादी)का प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलसँग अधिकांस मतदाताले विकासको अपेक्षा धेरै गरेका छन् ।

एकिकृत राप्रपा(राष्ट्रवादी)का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेलले घरदैलो गर्ने क्रममा शनिबार नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका अन्तर्गत पर्ने विभिन्न वडाका मतदाताले विकास निर्माणको अपेक्षा गरेका हुन् ।

घरदैलोका क्रममा नेपालगन्जस्थित गणेशपुरका मतदाताले डुबान समस्या रहेको भन्दै निर्वाचित भएपछि उक्त समस्या समाधानका लागी पहल गरिदिन आग्रह गरेका थिए । केही बर्षदेखी गणेशपुर क्षेत्रमा डुबान समस्या दोहोरिदै आएको विषयमा स्थानीय बासिन्दाले यसबाट आफुहरु मुक्त हुन चाहेको बताएका थिए ।

सो क्रममा कँडेलले आफु निर्वाचित भएपछि नेपालगन्जको डुबान समस्यालाई दिर्घकालिन रुपले समाधान गर्नका लागी विशेष पहल गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै नेपालगन्जको बुलबुलिया क्षेत्रमा शनिबार घरदैलो गर्ने क्रममा स्थानीय मतदाताले रामलिला मैदान व्यवस्थित गरिदिन आग्रह गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार