कोहलपुर, ६ मंसिर/ कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा २०७४ साल माघ २६ गते देखि फागुन ८ गते सम्म ‘कोहलपुर औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सव–२०७४’ सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको कार्यासमिति सदस्यहरु र सल्लाहाकार सहितको बैठकले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
कला संस्कृति ,यातायात ,अतिथि सत्कार तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा , प्रायोजक , स्टलबुकिङ्क तथा सूचना प्रविधिमा उपसमितिको संयोजकमा प्रदिप भट्टराई ,निर्माण तथा बाल उद्यानमा उपसमिति संयोजकमा लक्ष्मण पौडेल, सचिवालय, संघसंस्था, संचार तथा पार्किङ्ग उपसमिति संयोजकमा तेज प्रसाद अधिकारी रहने छन् ।
त्यस्तै आर्थिक तथा टिकट उपसमितिको संयोजकमा सुनिल खनाल, प्रचार प्रसार, नगर सजावट र ब्यानर व्यवस्थापन उपसमितिको संयोजकमा ईश्वर श्रेष्ठ, मंच सजावट, उद्घाटन तथा समापन उपसमितिको संयोजकमा मातृका सापकोटा , झाँकी, ¥याली, कृषि जडीबुटी, विद्युत, खानेपानी तथा सरसफाई उपसमिति संयोजमा टिकाराम ढुंगाना, अनुगमन, मुल्याङ्कन तथा पुरस्कार वितरण उपसमिति संयोजकमा नरेन्द्र प्रसाद पौडेल लाई जिम्मेवारी दिने निर्णय गरिएको संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी गराएका छन् ।
संघले एनआइसी एशिया बैकको सहयोगमा व्यवसायीहरुलाई एक दिने लेखा सम्बन्धी तालिम समेत सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्