कोहलपुर, २९ कात्तिक/ प्रहरी महानिरिक्षक प्रकाश अर्यालले बाँकेको खजुरामा दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरेका छन् ।
अर्यालले भवनको उद्घाटन गर्दै दङ्गा प्रहरीलाई दण्डहिनताको अन्त्य र भ्रष्टाचारको विरुद्ध सुन्य सहनसिलताको नीति अपनाउन निर्देशन दिए । अर्यालले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउन, सभ्य र सु–संस्कारयूक्त आचरण प्रर्दशन गर्नका लागि अनुरोध गरे ।
प्रहरीको नीति, संवैधानिक व्यवस्था र त्यसले निर्धारण गरेको आचरणको विपरित व्यवहार प्रदर्शन गर्ने जो कोहीलाई पनि दण्डणीय हुने बताए । उनले देश निर्वाचनको संघारमा रहेकोले सुरक्षित, भयरहित र निष्पक्ष वातारवरणमा मतदान गरी जनताले आफ्नो प्रतिनिधि चुन्न पाउने लोकतान्त्रिक अधिकारलाई सुनिश्चित गर्न प्रहरीको कर्तव्य रहेको भन्दै उनले सोहीअनुुसार परिचालित हुन मातहतका प्रहरीहरुलाई निर्देशन दिए ।
निर्वाचनमा हुने हरेक चुनौतीलाई समयमै समाधान गरी जनतालाई ढुक्क भएर मतदान गर्न पाउने वातावरणका लागि सबै प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट ढङ्गले काम गर्न अर्यालले निर्देशन दिए । कार्यक्रममा प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरिक्षक मिङ्गमार लामा सहितका प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्