15 July 2024  |   सोमवार, असार ३२, २०८१

दैलेखमा दुर्घटना, तीनजनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४  

सुर्खेत,  कात्तिक २५,  सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा ४ ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन्।घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ। तीव्रगतिका कारण गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।  (रासस)

प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४     3:37:45 PM  |