दिगो कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न



मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक, दिगो कृषि सहकारी संस्था हवलदारपुर बाँकेको आठांंै वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सभाको केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य देव बहादुर के.सी तथा जिल्ला सहकारी संघका बाँकेका अध्यक्ष पे्रम सुवेदीले सहकारीका सात सिद्धान्त अनुरुप सातवटा दिप प्रज्वलन गरी सामुहिक रुपमा उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष नम बहादुर आले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुरुमा नोक्सानमा चलेको सहकारी अहिले आएर साढे आठलाख नाफा गर्नु उत्साह पुर्ण भएको बताए । सो कार्यक्रम समयमै ऋण तथा ब्याज बुझाउने टिकाराम थापा, चन्द्रकला थापा, कम्लेश कुमार गड्रिया, तथा उत्कृष्ट बचत गर्ने जुनमाया बुढा, ओमलाल बुढा, शिवकुमारी थारुलाई प्रशंसा पत्र तथा दोसलला सहित सम्मान गरेको हो ।
त्यस्तै राष्ट्रिय सहकारी संघ बैंक कोहलपुरका सुजन ददेल समेत सम्मानित भएका थिए । कार्यक्रममा संस्थाको आ.व.२०७४÷७५ को रु ४ करोड ४३ लाख ३८ हजार २० बराबरको आयव्यय समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नंं.१४ का वडा अध्यक्ष टेकचन हरिजन, १५ का अध्यक्ष पतिराम थारु, नेपाल रेडक्रस सोसाइटी उप–शाखा कोहलपुरका सभापति नारायाण गौडेल, राष्ट्रिय सहकारी विकास बंैकका प्रवन्धक सुजन ददेल, अस्थायी प्रहरी पोष्ट हवलदारपुरका प्रमुख कमल बहादुर केसी, समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा, मर्माली कृषि सहकारी संस्थाका अभ्यक्ष मान बहादुर राना, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष नमबहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका व्यवस्थापक यदुप्रसाद शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २५ गते शनिबार