वासुदेव शर्मा २४ कात्तिक २०७४ जाजरकोट ।
आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागी हुनलागेको चुनावको सरगर्मी दिन प्रतिदिन बढी रहेको छ । उमेदवार तथा नेता कार्यकर्ताहरु आफनो पक्षमा भोट माग्दै जनताको घरदैलोमा पुगेका छन । जाजरकोट जिल्लामा प्रतिनिधि सभाका लागी नेपाली काग्रेसका उम्मेदवार राजिव विक्रम शाह र वाम गठवन्धनका सयुक्त उम्मेदवार शक्ति बहादुर वस्नेत दुवै हेवी वेट भएका नेता मानिन्छन तर दुवैलाई एकै पदमा एकैपटक जनता जिताउन सक्दैनन् र असंम्भवन पनि छ ।
जनता दुई मध्य एकलाई भोट दिने छन् भोटमा पदमा हुदा जनताका लागि गरेको गुण नै उनीहरुकोलागि निर्णायक मतदान हुने छ । वाध्यतावस प्रतिनिधि सभाको लागी एक सिट भएकोले मतदाताहरुमा दुई नेतामा कुन ठिक भनेर छुटयाउन गाह्रो भएको समेत प्रतिक्रिया आइरहेको छ । गृहमन्त्री भै सकेका शक्ति बहादुर वस्नेत केन्द्रमा पहुच राख्ने उमेदवार भएको तर मन्त्री भएपनि मतदाताहरुको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो स्थानिय नागरिकहरुले गर्ने गरेका छन ।
उता नेपाली काग्रेसबाट प्रतिनिधि सभाका उमेदवार वनेका राजिव विक्रम शाह विगत देखिनै समाजसेवीको रुपमा ख्याति कमाएका र जनताको सुःख दुखमा प्रत्यक्ष समवन्ध राख्ने नेता वनि सकेका छन् । जाजरकोटमा छोटो समय राजनितिक यात्रा शुरु गरेका शाह जनताको मुटुमा वसेका छन । उनीवाट विगिभन्न दुःख सुखमा साथ पाएका अधिकास मतदाताहरुले राजिवले दुःखमा अमुल्य गुण तिर्न आतुर भएको प्रतिक्रिया दिन थालेका छन् । जाजरकोटमा नेता त धेरै थिए तर राजिव प्रत्येक्ष नागरिकको दुःख सुखमा साथ दिने गरि समाज सेवा र राजनिति गरिरहका छन हामी उनैलाई उनले लगाएको गुण भोटले तिरेर जिताउछौ भन्न थालेका छन ।
गाँउ गाँउमामा स्थानिय नागरिकहरुले छलफल गर्दै यस पटकको चुनावमा राजिव विक्रम शाहको गुणलाई नभुल्ने कुरा गर्ने गरेको पाइएको छ ।
वस दुर्घटना होस या झाडापखाला र महामारीका वेला उहाँको योगदानको गाँउगाँउमा मतदाताहरुले गुण गान गाउने गरेका छन । दुःखमा साथ पाएका स्थानियले आफुलाई ठुलो गुन लगाएकाले आफना इष्टमित्र भाइवन्धुहरुलाई राजिव विक्रम शाहलाई भोट दिन आग्रह गर्दे गुणलाई भोटले साटो फेर्नु पर्ने प्रचार प्रशारमा लागेका छन् । उहाँले भन्नु भयो म जस्तै नागरिकहरुलाई दुख परेको वेला शाहले आग्रह पुर्वाग्रही रुपबाट नहेरी समान रुपले हेर्ने वताउनु भयो । जाजकोटका जनताको मन मुटुमा वसेका एक पटक नागरीकहरुसग परिचय भएपछि कहिल्यै नभुल्ने उनको वानि छ । राजिवमा नेतामा हुनु पर्ने गुण छ हामीले राजिवलाई चिन्न जरुरीछ भोट राजिवलाई हालेर जिताउनुको विकल्प छैन उनले भने ।
त्यस्तै प्रदेश सभाका लागी बामगठवन्धनको तर्फबाट गणेश प्रसाद सिह र नेपाली काग्रेसको तर्फबाट योग्य सक्षम युवा नेता वेदराज सिह निर्वाचन क्षेत्र नं। १ वाट प्रतिस्पर्धा गरीरहनु भएको छ भने क्षेत्र नंम्वर २ बाट बामगठवन्धको तर्फबाट करविर शाही नेपाली काग्रेसको तर्फबाट पार्टी सभापती दिपक जंग शाह चुनावी मैदानमा उत्रनु भएको छ । उहाँहरु सवै भन्दा युवा प्रखर बक्ताको रुपमा बेदराज सिह मानिनुहुन्छ । उहाँलाई मतदाताहरुले बेदराज सिहलाई जिल्लाको लागी केहि काम गर्न सक्ने नेताका रुपमा लिने गरेका छन् । एस पटक वेदराजलाई जिताएर युवा पक्तिलाई अगाडि वढाउन र गाउ गाउमा रोजगारीको अवशर सिर्जना युवा जनशक्ति पचिलालन गर्न सक्ने खुवी वेदराजमा भएकोले युवा पक्तिले वेदराजलाई भुल्न नहुने युवाहरको प्रतिक्रिया आउने गरेकोछ ।
बारेकोट गाउपालीका स्थायी घर भएका सिह उमेरले साना भए पनि नेतामा हुनु पर्ने गुण भएको व्यक्ति रुपमा स्थानियहरुले लिने गरेका छन् । सानै उमेर देखि राजनैतिक क्षेत्रमा लागेका सिह युवाहरुको मन मुटुमा रहेका छन । वेदले भन्नु भयो आफु सधैभरी युवाहरुलाई साथ र सहयोग गर्ने गरि योजना वनाउने र काम गर्ने जोश जागर भएकोले एक पटक आफुलाई मतदान गरि हेर्न आग्रह गर्नु भएको छ ।
जाजरकोटका नागरिकहरुले द्धन्द्धकालमा माओवादीले चलाएको शासन पनि वुझेका छौ , कसरी हामीलाई कहा कहा वोलाएर कति दुः दिन्थे सजिलै भुलिसक्यौ भन्ने ठानेर हात जोर्दे भोट माग्न आउछन हामीले नेता चिनेका छौ समेत भन्न थालेका छन् कम्युनिष्टहरु जहिले पनि आफ्नो स्वार्थ पुर्तिगर्न लागि पर्ने , भन्ने वेला सर्वहारा जनता भन्ने व्यवहार भने पुजिपतिको जस्तो गर्ने पार्टिंवाट नातावाद समेत गर्ने गरेको सवैले वुझेकोले यस पटक लोकतान्त्रिक शक्तिका लोक प्रिय जनप्रेमी समाजसेवी नेता राजिव विक्रम शाह र वेदराज सिहं दिपक जंग शाहलाई जसरी पनि जिताउने गरेर लागि परेको प्रतिक्रिया दिन थालेका छन ।
यति भने पनि सवै दलका नेता तथा कार्यक्रता जादा उस्तै गरेर वोल्ने जनताको वोलिको विश्वास र मतको संख्या वाट जितको अवस्था कस्ते वाजि मार्ने हो त्यो भने हेर्न मसिंर १० को निर्वाचन हेर्ने पर्ने छ ।










प्रतिक्रिया दिनुहोस्