15 July 2024  |   सोमवार, असार ३२, २०८१

विवेकसिल साझा पार्टी नेपालको विशेषाङ्क

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

प्रदेशसभाको लागि बाँके निर्वाचन क्षेत्र नं.१ ‘क’विवेकसिल साझा पार्टी नेपाल, नेपालको लोकतान्त्रिक आन्दोलन पश्चात नेपाली जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरुको संरक्षण, सम्वद्र्धन र प्रयोग गर्दै नेपाललाई आर्थिक सम्वृद्धिको स्तरमा पु¥याउने र नेपाली जनताको आर्थिक स्तर उच्च बनाउने उद्देश्यले गठन भएको पार्टी हो ।
लामो समयसम्म संसारकै अत्यन्तै प्रभावकारी सञ्चार माध्यम विविसी नेपाली सेवामा नेपाल तथा वेलायतमा रहेर संसारका उच्चस्तरका सरकारी तथा गैरसरकारी प्रतिनिधिहरु देखि झुपडिमा बस्ने सामान्य मानिस सम्मका दुःख, सुुख, व्यथा, वेदना सम्मको बारेमा अध्ययन अनुुसन्धान र सामाचार सम्प्रेषण गरेको अनुभव भएका वरिष्ठ पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा विवेकसिल साझा पार्टी नेपाल गठन भएको हो । यसको साझा नारा ‘‘भ्रष्टाचारमूक्त नेपाल, सदाचार सहितको सुशासन हाम्रो आधार’’ रहेको विवेकसिल साझा पार्टीले आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको लागि बाँकेमा पनि आफ्ना उम्मेदवारहरु चुनावी मैदानमा पठाएको छ ।

बाँके निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा

उम्मेदवार ः कुशल अधिकारी
जन्म ः मिति २०४४÷०१÷०१ गते
ठेगाना ः पहलमानपुर–७ कोटा, केलाली हाल ः कोहलपुर नपा–२ मुक्तिनगर बाँके
शैक्षिक योग्यता ः स्नातक
राजनीतिक पृष्ठभूमि ः क्याम्पस स्तरमा अध्ययनरत रहँदा नेकपा मसाल निकटको अखिल छैठौंमा संगठित भई विभिन्न मोर्चामा काम गरेको । विवेकसिल साझा पार्टी नेपाल गठन भएपछि सो पार्टीको बाँके जिल्ला समितिको सदस्य रहेको ।
सामाजिक अभियानमा संलग्नता ।
असल शासन क्लवमा आवद्ध रहेको ।
सिद्धार्थ युथ स्पोर्टस् क्लवको पूर्व सचिव ।
मेरो उम्मेदवारी किन ?
१. नेपालको संसदीय इतिहासमा पुराना राजनीतिक दलहरुले नेपालको सम्वृद्धि र विकासको निम्ति भन्दा पनि आफू, आफ्ना कार्यकर्ता र आफ्न्तहरुको बारेमा मात्रै सोचे र गरे ।
२. ती पूराना सैसदीय पार्टीहरुबाट नयाँ संरचनामा नेपाललाई आर्थिक उन्नति र सम्वृद्धिको दिशातर्फ लिन सक्ने कुनै दृष्टिकोण नभएकोले नेपाललाई सम्वृद्धिको दिशामा अगाडि बढाउन विवेकसिल साझा पार्टी नेपालसँग स्पष्ट दृष्टिकोण रहेकोले त्यो दृष्टिकोणको आधारमा देशलाई आर्थिक उन्नति गराउन मेरो उम्मेदारी हो ।
३. मैले जितेपछि बाँके निर्वाचन क्षेत्र नं.१ को सम्वृद्धि र विकासको निम्ति स्पष्ट दृष्टिकोणका योजना सहित काम गर्नेछु । त्यसैले मलाई यस क्षेत्रका आम मतदाताहरुले तराजु चिह्नमा मतदान गरी म र हाम्रो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन विनम्र अनुरोध गर्दछु ।

प्रदेशसभाको लागि बाँके निर्वाचन क्षेत्र नं.१ ‘क’

उम्मेदवारको नाम ः दयाराम थारु
जन्ममिति ः २०३५÷०१÷२९ गते
ठेगाना ः कोहलपुर न.पा–१३ भरैया, बाँके
शैक्षिक योग्यता ः स्नातक
मेरो उम्मेदवारी किन ?
१. विवेकसिल साझा पार्टी नेपालले अघि सारेका एजेन्डाहरु देशको सम्वृद्धि गर्ने एजेन्डा भएकाले निर्वाचन जिति त्यसलाई कार्यान्वयन गर्न ।
२. म उठेको क्षेत्रमा अधिकांश मतदाता थारु समुदायका भएर पनि थारु उम्मेदवार नभएकाले हाम्रो समुदायको हक अधिकार र विकासको निम्ति मेरो उम्मेदवारी रहेको ।
३. यस क्षेत्रको समग्र विकास र बाढीपीडितहरुको दिर्घकालीन समस्यालाई समाधान गर्नको लागि मेरो उम्मेदवारी रहेको ।
४. हजारौं युवाहरुलाई उद्यमसिल बनाउन युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउन ।

प्रदेशसभाको लागि बाँके निर्वाचन क्षेत्र नं.१ ‘ख’

उम्मेदवारको नाम ःज्योति परियार
जन्ममिति ः २०४३÷०३÷१६ गते
ठेगाना ः नवलपरासी,
हाल ः कोहलपुर नपा–५ बाँके
शैक्षिक योग्यता ः स्नातक
सामाजिक कार्यमा
आवद्धता ः वि.सं.२०६१ सालदेखि निरन्तर रुपमा सामाजिक सेवामा लागेको ।
मेरो उम्मेदवारी किन ?
१. देशको आर्थिक उन्नति, भ्रष्टाचारमूक्त समाज निर्माण र सदाचार सहितको सुशासन
कायम गराउन सक्षम महिला आवश्यक रहेकोले त्यो योग्यता मसँग रहेकोले म उम्मेदवार बनेकी छु ।
२. यस क्षेत्रका समग्र महिला त्यसमा पनि अझै दलित तथा उत्पीडित समुदायका महिलाहरुको हक अधिकारको पक्षमा वकालत गर्न मेरो उम्मेदवारी आवश्यक रहेको हो ।
३. महिलाहरुको हक, अधिकार र राज्यमा महिलाको सहभागिता बढाउन स्पष्ट दृष्टिकोण सहित योजना आफूसँग रहेकोले विवेकसिल साझा पार्टीको चुनाव चिह्न तराजुमा मतदान गरी मलाई जिताउनु हुन सबै मतदाताहरुमा विनम्र अनुरोध गर्दछ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     12:14:23 PM  |