कोहलपुर,१९ कात्तिक/ बाँकेको निर्वाचन क्षेत्र नम्बर १ र यस क्षेत्रका दुई वटा प्रदेश समेतका वाम गठवन्धनका उम्मेदवारलाई आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी गराउन विभिन्न समितिहरु निर्माण गरिएका छन् ।
शनिबार कोहलपुरको चपरगौडीमा ‘‘समृद्धि,समानता,सुशासन र स्वाधिनता, स्थीर सरकार र तिब्र किासका लागि वामगठबन्धन’’ भन्ने नारा सहित नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका पत्रकार, साहित्यकार, शिक्षक तथा प्राध्यापकहरुको संयुक्त भेला सम्पन्न गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य तथा प्रदेश ‘क’ र ‘ख’ का दुबै उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो ।
भेलाले पत्रकार भीम रावतको संयोकत्वमा सामाचार र सूचना विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण गर्ने गराउने कामको संयोजक व्यवस्थापन र सम्पादनका लागि १५ सदस्यीय पत्रकारहरुका समिति ‘मिडिया सेन्टर’ गठन गरेको छ । त्यस्तै घोषणा–पत्र लेखनको लागि शिशिर शर्माको संयोजकत्वमा प्राध्यापकहरुको समिति, गाउँवस्तीको अवस्थाको वस्तुगत जानकारी गराउनका लागि शिक्षकहरुको समिति, कला साहित्य मार्फत वाम गठवन्धनलाई सकारात्मक प्रभाव पार्ने गरी भूमिका खेल्न साहित्यकारहरुको समिति गठन गरिएको छ ।
भेलामा वामगठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार महेश्वर गहतराजले ‘नेपालमा विभिन्न समूहमा विभाजित वामपन्थीहरुलाई नेपाली वाम जनमतको चाहना अनुसार एउटै मोर्चामा ल्याउने प्रारिम्भक चरणको रुपमा निर्वाचनमा वामगठबन्धन भनेको बताउँदै यो गठबन्धन नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गरिने दावी गरे ’। गहतराजले ‘म यतिबेला माओवादी केन्द्रको स्थायी समिति सदस्य छु , तर नेपालमा रहेका कम्युनिष्टहरु एउटै कम्युनिष्ट पार्टी बन्दा म त्यसको एउटा सदस्य मात्र भएर बस्न पाए पनि मेरो लागि गौरवको विषय हुने छ ’। त्यसैले यो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन सबैले इमान्दारीपूर्वक लाग्न आग्रह
गरे । त्यस्तै प्रदेश ‘क’ र ‘ख’का उम्मेदवार द्वय कृष्ण के.सी.(नमुना)र आरती पौडेलले आफू निर्वाचित भएमा वामगठबन्धनका नेता कार्यकर्ता र आम मतदाताहरुको शीर झुक्ने धmुकाउने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेकपा एमाले बाँके क्षेत्र नं. १ का संयोजक सुर्य ढकालले वाम गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्दै पत्रकार, साहित्यकार र बुद्धिजिवीका समितिको निर्माणको लागि नाम प्रस्ताव गरेका थिए । भेलाबाट सुझाव सहित प्रस्तावहरु अनुमोदन गरिएको थियो । भेलामा माओवादी केन्द्रका कोहलपुर नगर इन्चार्ज नरेन्द्र पाण्डेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम एमाले नेता भलराम
भट्टराईले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्