कोहलपुर, १४ मंसिर/ दियालो परिवार कोहलपुरले ‘महादान’ नामक सडक नाटकद्वारा आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले मतदान गर्दा आफ्नो मत बदर नगरि सही ढङ्गले आफूलाई मन परेको उम्मेदवारलाई कसरी मतदान गर्ने भन्ने बारेमा सन्देशमूलक सडक नाटक प्रदर्शन गरेको छ ।
निर्वाचन आयोग नेपालको आर्थिक सहयोग र सांस्कृतिक संस्थानको संयोजनमा दियालो परिवार कोहलपु बाँकेका कालाकारहरुले सडक नाटक प्रदर्शन गरेका हुन् ।
सडक नाटकमा स्थानीय मतदाताहरुलाई निर्वाचनमा मतदान गर्न जान प्रोत्साहित गर्ने र मतदाताले मतदान गर्दा आफ्नो मत बदर नहुँने गरी कसरी मतदान गर्नु पर्छ भन्ने सन्देश दिइएको दियालो परिवारका उपाध्यक्ष सन्तकुमार विश्वकर्माले जानकारी दिएका छन् ।
दियालो परिवारका कलाकारहरुले बाँकेका विभिन्न आठ स्थान र बर्दियाका विभिन्न आठ स्थानहरुमा ‘महादान’ नामक सडक नाटकद्वारा मतदाता शिक्षा सन्देश दिएको र नाडकमा सहभागी स्थानीय मतदाताहरु नाडक हेरे पश्तात मतदान गर्ने बारेमा सजक भएको आफूलाई विश्वास लागेको दियालो परिवारकी कोषाध्यक्ष पूर्णिमा पौडेलले बताइन् ।









प्रतिक्रिया दिनुहोस्