कालिकोट, १३ मंसिर/ कालीकोटको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बुधबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ ।
६ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको हो । बाँकी पाँच घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ ।
मुगुबाट सुर्खेतका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा मुगु भीई–७ की ४५ वर्षीया जयरुपा बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । उक्त जिपमा मुगुबाट सुत्केरीसहित ९ यात्री रहेको बताइएको छ । पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् कोहलपुर मेडिकल कलेजमा पु¥याइको छ ।









प्रतिक्रिया दिनुहोस्