23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

सुर्खेतको जितेजुवामा पहिलोपटक बस पुग्यो, स्थानीय हर्षित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

सुर्खेत, ८ कात्तिक/   भौगोलिक हिसाबले विकट र सानो मानिएको सुर्खेतको चिंगाड गाउँपालिकाको वडा नम्बर २ जितेजुवामा पहिलोपटक बस पुगेको छ ।

मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिको ना४ख ७१४८ नम्बरको बस पहिलोपटक वीरेन्द्रनगरदेखि रानीबासको जितेजुवासम्म पुगेको हो ।

बस संचालनमा आएसँगै घन्टौं हिँडेर मटेला, धरमपोखरा, अबलचिङ पुग्नुपर्ने बाध्यता टरेको भन्दै स्थानीय हर्षित भएका छन् । पहिलोपटक बस सञ्चालनमा आएपछि वडा नम्बर २ का अध्यक्ष बुँदे खत्रीसहित स्थानीय नागरिकले गाडी चालक लोकप्रसाद आचार्य र बसलाई फुलमालासँगै अविरले स्वागत गरेका थिए ।

अब दैनिक बिहान ८ बजे वीरेन्द्रनगरदेखि जितेजुवासम्म बस संचालन हुने त्यहाँबाट स्थानीय दुर्गाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, जितेजुबासम्म बस सञ्चालनमा आएसँगै चिंगाड गाउँपालिकाका बासिन्दालाई मात्रै नभई सिम्ता गाउँपालिकाका घोरेटा, काफलकोटलगायतका स्थानीयलाई पनि यात्रा गर्न सहज हुने भएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     11:18:02 AM  |