सल्यानी जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना आदानप्रदान सम्पन्न



मिसन समाचारदाता,  कार्तिक १ ,  सल्यानी सेवा समाज बाँकेले सल्यानबाट बाँकेमा बसाइसराई गरी आएका २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित सल्यानी जनप्रतिनिधिसँग मंगलबार सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई दोसल्ला तथा पुष्पगुच्छाले सम्मान गरिएको थियो ।
कोहलपुर निवासी शिक्षापे्रमी हरि प्रसाद रावतको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा बन्गाड कुपिन्डे नगरपालिका प्रमख गोविन्द पुन, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया वि.क., राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्री, जानकी गाँउपालिका उपाध्यक्ष भूमीसरा धिताल, कोहलपुर नगरपालिका–१० का अध्यक्ष निम बहादुर चलाउने, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य भिम बहादुर नेपाली, ज्ञानोदय बहुमुखी क्याम्पस खजुराका स्ववियू सभापति हिमाल पंगाली, सल्यानी सेवा समाज बाँकेका कानुनी सल्लाहकार गणेश के.सी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरु तथा जनप्रतिनिधिहरु बिच शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रम सल्यानी सेवा समाजका अध्यक्ष प्रेम बहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजका सचिव शंकर न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १ गते बुधबार