इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेले



काठमाडौं, असोज ३१ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज ३१ गते मंगलबार