29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४  

काठमाडौं, असोज ३१ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४     11:30:41 AM  |