‘प्रकृतिको एक गजल’



-यान प्रकृति


सुन्दर तिम्रा सपना सजाउने रङ्गै भेटिन
मायाको बस्तीमै  पुगे खोज्ने  ढङ्गै भेटिन

अनेकाँै खुसीहरु बटुल्न खोजे तिम्रै लागि
किन तिम्रो  त्यो  चेहरामा  उमङंगै  भेटिन

सोचे सुनै सुनले  सजाइ  दिन्छु  उनलाई
तर  सुन्दर सुनै सुनको सहर लङ्कै भेटिन

बिज  गणितीय  सुत्र  अनि  नियमहरु पढेँ
तिम्रो रोजाइको त्यो एउटा अङकै भेटिन

आकाशमै पुगे खुसीका बहारै ल्याउनलाई
सोचे चन्द्र, सूर्य नै  लिन्छु तर  सङगै भेटिन

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २६ गते बिहीबार