25 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

यौन झाँक्रीको व्यापार विस्तार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

भूत प्रेत धपाउने झाँक्रीका बारेमा धेरैलाई जानकारी हुन सक्छ, तर यौन झाँक्री पनि हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ । न्युजिल्यान्डकी ३१ वर्षीया साने मारीको नाम यौन झाँक्रीका रूपमा देश–विदेशमा प्रसिद्ध छ । पहिले पब, रेस्टुराँ तथा डान्स बारमा कामोत्तेजक नृत्य गर्ने साने अहिले अस्ट्रेलियामा यौन झाँक्रीका रूपमा लोकप्रिय छिन् ।

स्ट्रिपर डान्स गर्ने क्रममा मानिसहरूको यौन चाहना, भावना एवं समस्याहरू बुझेकी साने अहिले कसरी बढी यौनआनन्द प्राप्त गर्न सकिन्छ भन्ने विषयमा झारफुक गर्दै विभिन्न तौरतरिका सिकाउँछिन् ।

स्ट्रिप क्लबहरूमा आयोजना हुने नृत्यले धेरै यौन समस्या समाधान गर्ने उनको अनुभव छ । यौनमा खुल्न नसक्ने पुरुषहरू स्ट्रिपर युवतीलाई खेलौना सम्झेर आफ्नो यौन इच्छा पूरा गर्छन् । यसैगरी स्ट्रिपरहरूले पनि ती पुरुषको पर्समा भएको पैसा हेरेर सेवा प्रदान गर्छन् ।

अहिले सानेकहाँ झारफुक गराउँदै यौन समस्या समाधान गर्न महिला तथा पुरुष दुवै उत्तिकै आउँछन् भने उनी यो सेवालाई युरोपमा समेत विस्तार गर्ने योजनामा छिन्

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     5:43:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *