20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

साहित्यतर्फको नोबेल पुरस्कार ब्रिटिश लेखक काजुओलाई  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौं । ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरकास्कार प्रदान गरिने भएको छ ।

उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो ।  ६२ वर्षीय लेखकका चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ दि डे’, ‘नेभर लेट मि गो’ लगायत चर्चामा रहेका छन् । उनले अहिलेसम्म ८ वटा पुस्तक लेखेका छन् भने ती ४० भाषामा रुपान्तरण गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     10:21:01 AM  |