26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगन्जको यौनधन्दा चलाउने होटल सिटी फुडमा फेरी छापा, ३ युवती पक्राउ सञ्चालन फरार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४  

नेपालगन्ज ।

कृष्ण ओली । यौनधन्दा चलाएको आशंकामा जिल्ला प्रहरी कार्यालय बाँकेको बिषेश प्रहरी टोलीले सोमबार राती एक होटलमा छापा मारेको छ ।

बसपार्क स्थित होटल सिटी फुडमा प्रहरीले राती साढे आठ बजे छापा मारेर ३ युवतीलाई नियन्त्रणमा लिएको छ । होटलमा युवतीहरु राखेर यौनधन्दा चलाइरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको हो । युवतीहरु बसिरहेका ३ वटा कोठाहरु इन्ट्री गरिएका थिएनन् ।

युवतीहरुले लिएका कोठाहरुमा प्रयोग गरेका कण्डम, नगरेका कण्डम, विभिन्न औषधीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रयोग गरेका र नगरेका कण्डमहरु ठूलो मात्रामा कोठामा भेटिएपछि लामो समयदेखि होटेलमा यौनधन्दा हुदै  आइरहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

फरार सञ्चालकको खोजी कार्य जारी रहेको ३ जना युवतीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९ महिना अगाडि समेत जिल्ला प्रहरी कार्यालय बाँकेको बिषेश प्रहरी टोलीले होटलमा छापा मारेर सञ्चालक सहित ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यतीबेला होटलमा छापा मार्न खोज्दा सञ्चालकले प्रहरीमाथि नै हातपात गरेका थिए । त्यतीबेला पनी यौनधन्दा भइरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४     12:18:55 PM  |