6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

चितुवाको छालासहित दुई पक्राऊ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४  

कोहलपुर, २५ भदौ ।

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) नेपालगन्जको टोलीले बर्दियाबाट चितुवाको छालासहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।baghko-chhala-ra-bhaluko-pitta-768x298
गुलरीया नगरपालिका– ७ मा रहेको विजया गेष्ठ हाउसको कोठा नम्बर २१७ बाट ८ फिट ३ इन्च लामो चितुवाको छालासहित दुई जनालाई आरआईटीको टोलीले नियन्त्रणमा लिएको हो ।
बाघको छालाको कारोवार भइरहेको छ भन्ने सुचना पाएपछि आरआईटी नेपालगन्जका प्रहरी निरीक्षक अरुण सिंहको नेत्तृवमा गएको टोलीले होटेलमा छापा मारेर छाला सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
छाला सहित पक्राउ पर्नेमा बाह्रबर्दिया नगरपालिक– ९ बस्ने ६३ बर्षिय रबहादुर शाही र बासगढी नगरपालिका– १ बस्ने ५२ बर्षिय जितबहादुर देवकोटा रहेको आरआईटीले जनाएको छ । छाला सहित पक्राउ परेका दुवै जनालाई आरआईटीले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई बुझाएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     12:01:44 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *