24 September 2023  |   आइतवार, अशोज ७, २०८०

आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४  

यान बि साहु

कोहलपुर,२३भदौ।

देशको आर्थिक विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । बिहिबार कोहलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै केसीले देशको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदैै सरकारी रनिजी क्षेत्रले सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको भन्दै निजी क्षेत्रका व्यवसायहरुलाई लगानी गर्ने आग्रह गरे । त्यसको लागि सरकारी निकायबाट हुने सहयोग गर्ने आफू सधै तयार रहको बताए ।

Banijya Sanhh

कोहलपुर उद्योग वाणिज्य संघले गरेको सम्मानप्रति धन्यवाद दिँदै उनले उक्त सम्मानले आफूलाई अझै जिम्मेवारी थपिएको महशुस गरेको बताए ।  उद्योग, व्यवसाय लगायत बाँके जिल्लाकै शान्ति सुरक्षा कायम गर्नका लागि आफ्नो बलवुद्धिले भ्याएसम्म कुनै पनि कसुर बाँकी नराखी पूर्ण रुपमा लागि पर्ने उनले दावी समेत गरे । साथै केसीले चाड पर्वहरु पनि नजिकिदै गरेकाले व्यापारीहरुले चाड, पर्वलाई लक्षित गरेर केही प्रतिशत छुटमा सामानहरु बेच्नु पर्ने बताउँदै यस्तो कार्यले व्यापारी र उपभोक्ताहरुमा सामिप्यता बढ्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले आफूहरुको पालादेखि शुरु भएको संस्थाको गरिमा जोगाइ राख्न ठूलो भूमिका खेलेको भन्दै उद्यागी व्यापारी लगायत आफूपछिका सम्पूर्ण कार्यसमितिलाई धन्यवाद समेत दिएका थिए ।
संघका निर्वतमान अध्यक्ष एवं वाणिज्य संघ प्रदेश नं.५ का सदस्य नरेन्द्र प्रसाद शर्माले कोहलपुर मध्य र सुदूर पश्चिमकै व्यापारिक केन्द्र भएकाले यहाँ हेरेक ठाउँका व्यापारीहरु व्यवसायिक काम तथा व्यापार गर्न आउने भएकाले उनीहरुले शाान्ति सुरक्षाको महसुश गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रमको समापन गर्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले सिमा क्षेत्रबाट हुने अवैधानिक सामान ओसार पसारलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । विशेष गरी चाड पर्वको बेला हनु अवैधानिक सामान ओसारपसारले राजश्वमा कमी आउनुको साथै व्यापारीहरुले पनि ठूलो घाटा व्यहोर्नु परेको बताए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     11:24:08 AM  |