23 September 2023  |   शनिबार, अशोज ६, २०८०

ठोस योजना बनाई काम गर्ने डिएसपीको प्रतिवद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४  

यान वि साहु/ कोहलपुर, २० भदौ,  एक हप्ताअघि मात्र नयाँ प्रहरी प्रमुखको जिम्मेवारी समाल्न आईपुगेका ईलाका प्रहरी कार्यालय कोहलपुर डिएसपी यज्ञ प्रसाद भट्टराईले आफूले ठोस योजना बनाएर काम गर्ने बताएका छन् ।

आफूले कुनै र कसैको आग्रह पूर्वाग्रहमा नपरी निष्पक्ष रुपले काम गर्ने बताएका छन् । कोहलपुर ईलाका प्रहरी कार्यालयद्वारा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डिएसपीले सो कुरा बताएका हुन ।
भट्टराईले अहिलेसम्म यहाँका सम्पूर्ण निकायहरुबाट राम्रै साथ सहयोग पाइरहेको भन्दै यस्तो साथ सहयोग निरन्तर पाइरहने विश्वास समेत व्यक्त गरे । यस क्षेत्रमा हुने अपराधिक गतिविधिहरु नियन्त्रणमा प्रहरी एक्लैलाई गाह्रो हुने भएकाले यस्ता गतिविधि गरेको जानकारी हुन साथ प्रहरीलाई खवर गर्न सर्वसाधारणलाई आग्रह गरे । ‘यहाँको शान्ति सुरुक्षाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत सबैलाई आग्रह गर्छु’ डिएसपी भट्टराइले
भने । पत्रकारको एक प्रश्नको जवाफ दिँदै आफु आएको करिव १ हप्ताभित्रै समाजिक रुपमा रहेको विकृती लागूऔषध प्रयोगकर्ता र कारोबार गर्ने करिव ४० जनालाई पक्राउ गरेको बताउँदै समाजिक रुपमा रहेका अन्य विकृतिलाई निर्मुल पार्ने आफ्नो पहिलो दायित्व रहेको बताए ।

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     12:11:33 PM  |