23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

वक्तृत्वकलामा जय बागेश्वरी मावि प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४  

कोहलपुर, २० भदौ, नेपालगन्जमा सोमबार सम्पन्न नैतिकशिक्षा र सुशासन विषयक वक्तृत्वकला प्रतियोगितामा २९ जना प्रतियोगिहरुलाई पछि पार्दै जय बागेश्वरी मावि नेपालगन्जका कमल चौधरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा आयोजित अन्तर मावि स्तरीय सो वक्तृत्वकला प्रतियोगितामा आदर्श मावि राझाँकी मिनु गुप्ता द्वितीय, बेष्टजोन ईंलिस मिडियम स्कुलका शुभम बस्याल तृतीय र एलिना कठायतसान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरुले ट्रफि, पुरस्कार तथा प्रमाणपत्र मार्फत पुरस्कृत गरेका थिए भने सहभागि सबै विद्यार्थिहरुलाई सहभागिताको प्रमाण पत्रप्रदान गरिएको थियो ।
नेपालगन्ज–१ स्थित धम्बोझि माविमा सम्पन्न प्रतियोगिताको समापनतथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा धम्बोझि मावि
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर चन्दले बिद्यार्थिहरुका लागि आयोजना गरिने यस्ता प्रतियोगिताहरुले विद्यार्थिहरुलाई अतिरिक्त क्रियाकलापमा लाग्न उत्प्रेरित गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै धम्बोझि माविकी प्रधानाध्यापक किरण आचार्यले सहभागिताले आत्मबल बढाउने भन्दै प्रतियोगितामा सहभागि हुने सबैलाई बधाई ज्ञापन गरिन । यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले अतिरिक्र क्रियाकलापमा
हुने सहभागिताले विद्यार्थिहरुको क्षमतामा निखार आउने बताए । बासले यस्ता क्रियाकलाप आगामी दिनमा समेत गर्दै जाने उनको भनाई थियो । प्रतियोगितामा प्रतियोगी विद्यालयका शिक्षक तथा अन्य विद्यार्थी गरी ४५ बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     11:45:36 AM  |