25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

समयले के माग गरेको छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४  

— सुर्य ढकाल , 

विश्वमा सत्तादारी दलहरुलाई कमजोर बनाउन प्रतिपक्ष दलहरु मिल्ने समिकरण गर्ने प्रचलन त भएको पाइन्छ । नेपालमा प्रतिपक्षयलाई हराउन सत्ता दारी दलहरुले गठवन्धन गर्दा पनि नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापति भएको छ । यो विजय हामीले अपेक्षा गरेको भन्दा कम नै हो ।

सामन्ती सत्तालाई जनवलद्वारा उन्मुलन गर्न सामान्ती युगको समाप्ती र पुँजीवादी युगको प्रादुभार्वको सक्रमणकालीन अवस्थामा राजनीतिक पार्टीहरुको जन्म भएको हो । जनतालाई सचेत र संगठित गर्दे सामान्ती राज्य व्यवस्थालाई जनविद्रोहद्वारा सामान्ति सत्ताको अन्त्यष्टी गराउने काममा राजनैतिक दलहरु लागेको पाइन्छ । सामान्ती राज्य सत्तालाई फाल्दा पुँजिपति र श्रमजीवि जनताको संयुक्त प्रयासमा फाल्ने आन्दोलनको नेतृत्व
गरे । पँुजिवादी समाज वर्गिय समाज भएको हुनाले राजनीतिक पार्टीहरु पनि वर्गिय हुनु स्वभाविक थियो । पँुजिवादी राज्य सत्ता प्राप्त भए पछि पँुजिपतिहरुले श्रमजीविहरुलाई सहयोग गर्नको साटो श्रमजीवि जनताको शोषण थिचोमिचो र उत्पीडन गर्न थाले । पुँजिवादी सत्ताको यो क्रियाकलापले सर्वहारा श्रमजीवि वर्गका जनतालाई आफनो वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी गठन गर्न उत्प्रेरित ग¥यो । तर त्यसको लागि श्रमजीवि जनताको पक्ष पोषण गर्ने विचार दर्शन आवश्यक थियो सर्वहारा श्रमजीवि जनताको मुक्तिको लक्ष्य लिएर सन १८४८मा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । माक्र्सवादको वैचारीक हतियारले सुसज्ति संसारका सर्वहारा श्रमजीवि जनता मानवले मानव माथि गर्ने शोषाण उत्पीडनको विरोधमा उत्रिन थाले । सामन्तवाद र साम्राराज्यवादको परास्त गर्दै आफ्नो देशमा सर्वहारा श्रमजीविहरुको राज्य सत्ता स्थापना गर्ने कामको नेतृत्व गर्न थाले । लेनिनको नेतृत्वमा सोभियत संघमा, माओको नेतृत्वमा चीनमा, किम इल सुङ्गको नेतृत्वम कोरियामा, होचिमिङ्गको नेतृत्वमा भियतनाममा, टिटोको नेतृत्वमा नेतृत्वमा युगोस्लाभियामा र क्याष्टोको नेतृत्वमा क्युवामा क्रान्ती सम्पन्न मात्र भएन रुसी मैदानमा नाजीवादको ढाड भांच्ने कम्युनिष्टहरु हुन, चिनिय मैदानमा जापानका बंगारा झार्नै क्युनिष्टहरु हुन, कोरिया र भियतनाममा अमेरीकाको कम्पारो सेक्ने कम्युनिष्टहरुनै हुन् यि सवैको स्रोत माक्र्सवादी विचारनै हो ।
माक्र्सवाद आधारभुत रुपमा आर्थिक सिद्वान्त हो । यसले आर्थिक परिघटनाहरुलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको विधिबाट व्याख्या गर्दै आएको छ । द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवाद माक्र्सवादको दर्शन हो । आर्थिक सिद्वान्तहरुको चिरफार गर्ने औजार तथा विधि समेत हो । माक्र्सवादी दर्शन अनुसार सबै राज्य व्यवस्था निश्चित उत्पादन पद्धतिमा अडिएको हुन्छ । प्रत्यक राज्य व्यवस्थाका आफ्नै आफ्नै उत्पादन पद्वतिहरु रहेका
हुन्छन् । आज हामिले भोगिरहेका समाज विभिन्न चरणहरु पार गरेर यहाँसम्म आएको हो । आदिम साम्यावादी युग, दास युग, सामान्ती युग, पुँजिवाली युग, र समाजवादी युगहरुमा छुट्टाछुट्टै उत्पादन पद्वतिहरु रहेका छन् । समाज विकासको चरणको आफ्नै एउटा जग हुन्छ त्यही जगमा उभिएको माथिल्लो संरचना रहेको हुन्छ । अत आर्थिक जगमा वा आधारमा माथिल्लो संरचना अडिएको हुन्छ । माथिल्लो संरचना भनेको राज्य प्रणाली मानविय चेतना र मानविय सम्बन्धहरु, साँस्कृतिक परम्पराहरु विचार धारा, र दर्शन संविधान कानुन अलि माथिल्लो संरचनामा
पर्दछन् ।
उत्पादन पद्वतिमा नै माथिल्लो संरचना वा मानव समाज अडेको हुन्छ । माक्र्सवादले आर्थिक आधारलाई सार र माथिल्लो संरचनालाई रुप मानेको छ । हरेक वस्तु वा चिजमा सार रुप हुने कुरालाई प्राथमिकताका साथ लिएको छ । माक्र्सवादले प्रेत्यक कुराहरु परिपर्तनशिल हुन्छ भन्ने वैज्ञानिक कुरालाई व्याख्या गर्दछ । कुनै पनि परिवर्तन एकै पटक हुँदैन । मात्रतात्मक परिवर्तनवाट गुणत्मक परिवर्तन हुन्छ । माक्र्सवादी सिद्वान्त एकै पटक कसैको दिमागम फुरेको विचार होइन । मानव समाजको बारेमा अध्ययन गर्दा त्यसको आधारमा रहेको उत्पादन पद्वतिको बारेमा विश्लेषण गर्नुपर्दछ । माक्र्सवादको उद्भव कुनै आकस्मिक घटना थिएन् । पहिलाका विचारहरुको क्रमिक विकास क्रमबाट नै माक्र्सवादको उभ्युदय
भएको हो । सैद्धान्तकि पूर्वआधार तयार नभएको भए माक्र्सवाद पनि जन्मने थिएनन् ।
माक्र्सवादका तिनवटा सङ्गघटक अङ्गगहरु छन् । सङ्गघटक अङ्गगहरु भनेको कुनै वस्तु भित्र भएका तत्वहरु हुन ।
जस्तै पानीमा हाइड्रोजन र अक्सिजन हुन्छ । माक्सवाद भित्र द्वन्द्वात्मक तथा ऐतिहासीक भौतिकवाद, माक्र्सवादी अर्थशास्त्र,वैज्ञानिक समाजवाद रहेका छन् । माक्र्सवादका बारेमा जान्न तिन स्रोतहरु पनि अध्ययन गर्न आवश्यवक हुन्छ । जर्मन दर्शन, बेलायति अर्थशास्त्र र कल्पानिक समाजवादको बारेमा नजानिकन माक्र्सवादका बारेमा बुझ्न सकिदैन् । अरु सिद्वान्त पढनको लागी हो भने माक्र्सवादी सिद्धान्त समाज परिवर्तनको लागी भएको हुनाले समाज परिवर्तनको पक्षमा रहेका भएका सबैले माक्र्सवादका बारेमा ज्ञान हुन जरुरी छ । जर्मन दर्शनका संस्थापक इम्यानुएल कान्ट हुन यिनले पहिलो पटक आफ्नो रचनामा हरेक कुरा परिवर्तनशील
हुन्छ । पदार्थको वस्तुगत अस्तित्वलाई स्वीकार गरे । उनका विचारमा संसार पुर्ण रुपमा असङ्गठित छ त्यसमा एक रुपता छैन् । संसारलाई चलाउने नियम मानिसले बनाउन सक्छ । संसारको व्याख्या गर्दा कान्ट भौतिकवादी देखा पर्दछन् भने निष्र्कषमा उनी आदर्शवादी देखापर्दछन् । कान्टका सिद्वान्तहरुमा रहेको अन्तरविरोधलाई समाधन गर्ने प्रयास गर्दे कान्टका चेला हेगेलले कान्टको द्वन्द्वात्मक विधिलाई विकसित गरे । कुनै पनि वस्तु परिघटनालाई हेर्दा त्यसको उत्पति,परिवर्तन र विनासका चरणहरु देख्न सकिन्छ भन्ने विचार हेगेलको थियो । उनले द्वन्द्ववादका नियमहरुको आविस्कार गरे । विकासको स्रोत भन्नु नै दुई विपरित तत्वहरुका बीचको संघर्ष हो । प्रेत्यक वस्तु भित्र रहेका आन्तरिक संघर्ष भन्नु नै गति हो । गति भन्नु नै जीवन हो । उनले दर्शनका विविध पाटाहरको अध्ययन गरेर द्वन्द्ववादको विधिद्वारा वैज्ञानिक निष्कर्ष निकाले तर समाज विकासको क्षेत्रमा सहि निष्कर्ष निकाल्लन सकेनन् । हेगेलका चेला कार्लमाक्सले हेगेका विचारहरुलाई गहन ढङ्गले अध्ययन गरे । हेगेलको ठिक विपरित फेउरबाख भौतिकवादी दार्शनिक थिए । पदार्थ र चेतनामा कुन पहिलो हो भन्ने विषयमा दार्शनिकहरुमा व्यापक बहस थियो । पर्दाथनै चेतनाको स्रोत हो । विश्व ब्रहमाण्ड र यसका संरचनाहरुलाई जान्न सकिन्छ । उनले पदार्थलाई मुख्य माने तर पदार्थ भित्रको गतिलाई देख्न सकेनन् । मानिस भौतिक पदार्थबाट बनेको हुन्छ तथा मानिस स्वय् प्रकृतिको अङ्ग हो । तर पनि सामाजिक सम्बन्धहरु र सामाजिक जीवनको अवस्थाले समेत मान्छेको चेतनामा प्रभाव पार्दछ भन्ने पत्ता लगाउन नसक्दा उनको अध्यन अपुरो हुन पुगेको थियो । मानव समाजको विकासक्रमको द्वन्द्व मानव समाजको विकास क्रमको द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्न सक्षम हेगेल द्वन्द्ववादमा मात्र विचार देख्थें । त्यस विचारको भौतिक शरीर थिएन् । अर्थत हेगेलको द्वन्द्ववादी सिद्धान्तको टाउको थियो । फेउरवाखको सिद्धान्तमा भौतिक शरिर थियो तर टाउको थिएन । कालमाक्र्सले हेगेको टाउको र फेरउवाखानको शरिर जोडिदिएर द्वन्द्वात्मक भौतिकवादको आविष्कार गरे त्यो नै माक्र्सवाद हो ।
माक्र्सवादको कार्यान्वयन संसारका विभिन्न मुलुकम विभिन्न ढङ्गले भएको छ । यसको पहिलो प्रयास पेरिसमा भएको थियो । प्रतिकृयावादीले ७२ दिन भन्दा बढी टिक्न दिएन् । पेरीस मगोलिया रुस, चिन, भेत्तनाम, कोरीया र क्युवा आदि देशमा माक्र्सवादको आफ्नै खाले प्रयोग थियो । चिनको क्रान्तिपछि स्थापित हुने राज्यसत्तालाई जनताको जनवादी अधिनायकत्व भनियो । भियतनामी क्रान्तिलाई राष्ट्रिय जनताको जनवादी क्रान्ति भनियो, कोरियाम जुचे विचारधारा भनियो । नेपालमा जनताको बहुदलीय जनवाद नेपाली समाजमा विधमान सामान्तवादी एवम् साम्राज्यवादी शासन, शोषाण र उत्पीडनका विरुद्धमा गरिने क्रान्ति र त्यसपछि स्थापना हुने राज्य सत्ता जनताको बहुदलीय जनवाद नै
हो । नेकपा एमालेको पाँचांै राष्ट्रिय महाधिवेशन वा संस्थागत रुपमा पारित पश्चात दुई दश बित्न लागेको छ । यस बिचमा थप सैद्वान्तिक व्याख्या गर्दै यसलाई नेपाली क्रान्तिको रुपमा समेत स्थापित गरिएको छ । यस अवधिमा यसको औचित्य, सन्दर्भिकता र सच्याइसमेत भईसकेको छ । सुरुका दिनमा पार्टीभित्र र बाहिरबाट गरिएका यस बिरुद्धका आलोचना, असहमतिया आरोपहरु व्यवहारमै खण्डीत भएका
छन् । अब जनताको बहुदलीय जनवाद नेकपा एमालेको मात्रै होइन्, राष्ट्रिय राजनीतिकै दिशानिर्देशक राजनीतिक सिद्वान्तको रुपमा स्थापित हुँदै गएको
छ । नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक ढङ्गले प्रयोग गर्ने माक्र्सवादको नेपाली संस्करण जनताको बहुदलीय जनवाद हो । नेपाललाई सम्वृद्धि बनाउने र नेपाली समाजमा सामान्ति राज्य व्यवस्थाले सिर्जना गरेका विभेद असमान्ता र गरिबिलाई यसै सिद्वान्तको जगमा प्रकाशमा परास्त गर्ने अभिभारा हाम्रो काधम छ । जसको उद्घोष केपी ओलीले गरिसक्नु भएको छ । कुनै निश्चित उत्पादन पद्वतिको जगमा राज्य सत्ता अडिएको हुन्छ । सामान्ति उत्पादन पद्वतिको जगमा राजतन्त्र, पँुजिवादी उत्पादन पद्धति को जगम पुँजिवादी, सत्ता समाजवादी उत्पादन पद्वतिमा समाजवादी सत्ता स्थापना हुन्छ । अहिले नेपालको उत्पादन पद्धति दलाल उत्पादन पद्वति हो । दलाल उत्पादन पद्वतिको जगमा विदेशीहरुको इसराम चल्ने दलाल सरकार गठन हुन स्वभाविक हो र अहिलेको देउपाको सरकार यसैको उपज हो । जसरी रुसी मैदानमा नाजीवादको ढाड भांच्ने, चिनिय मैदानमा जापानका बंगारा झानै, कोरिया र भियतनाममा अमेरीकाको कम्पारो सेक्ने कम्युनिष्टहरुले गरे त्यसै गरी १८ महिना भित्र यथास्थितिवाद घरेलु प्रतिक्रियावादी र विदेशी दलालका चाटुकारहरुलाई शान्ति पुर्ण संघर्षका माध्यबाट यिनका ढाड कम्पारो र बगारो एकै पटक सेक्ने गरी जनताको बहुदलीय जनवादले गर्ने छ त्यो नै आजको माक्र्सवाद हो । यहि सेरोफेरोमा हामीले बिश वर्ष पछि एतिहासिक रुपमा पहिलो पटक स्थानिय तहको निर्वाचन सम्पन्न गरेका छौ । नेपाली जनताको लोकप्र्रिय पार्टी नेकपा एमालेको विजयलाई रोक्न घरेलु प्रतिक्रियावादी देशि बिदेशी शक्तिहरु लागी परे । चुनाव सम्पन्न भए पछि पार्टी कमिटीका बैठकहरु चुनावि समिक्षा बैठकहरु सम्पन्न भई रहेका छन । पार्टी भित्र भएका घात अन्तरघात कै कारणले कति ठाउहरुमा हामीले विजय प्राप्त गर्ने सकेनौ । नेकपा एमाले क्रान्तीकारी पार्टी हो । शान्तीपुर्ण ढगले समाज परिर्वतन गर्न सकिन्छ भन्ने मान्यता यसले बोकेको छ । सघर्षका हरेक मोर्चोमा श्रेष्ठता हासिल गर्दे जाने यसको मुल मर्म हो । क्रान्तीकारी विचारमा लागेका समाज परिर्वतनको लागी सफथ खाएका व्यक्तिहरु एउटा चुनावमा घात अन्तरघात गर्ने पुग्नुको एउटै कारण आम कार्यक्रतालाई शैद्धान्तीकरण वैचारिकण र नैतिताकराण गर्ने सकेनौ माक्सवादलाई पढन र पढाउन सकेनौ भने जति कार्यवाहि स्पस्टीकरण सोध पनि हरेक निर्वाचानमा यस्ता सयौ अन्तरघातिहरु जन्मीरहने छन । पार्टीलाई प्रक्रान्त बुजुवाकरण हुन बाट रोक्न कम्युनियट पाटीलाई क्रान्तीकारी पाटी बनाई रहन हामीले माक्र्सवाद पढन र पढाउन र आम कार्यक्रतालाई शैद्धान्तीकरण वैचारिककरण नैतिकताकरण गर्ने समयले माग गरेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४     1:08:00 PM  |