20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वनगाड कुपिण्डे नगरपालिकाका वडा सचिव विहिन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४  

इन्द्र बहादुर बुढाथोकी, कोहलपुर, ०६  भदौ / सल्यानको वनगाड कुपिण्डे गरपालिकाका १२ वटै वडाहरु सचिव विहिन भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएपछि नयाँ सचिव नआउँदा नगरपालिकाका सबै वडा सचिव विहिन भएका हुन् ।
वडामा सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ । निर्वाचनपछि भएका सचिवहरु सबै सरुवा भएर
गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिए ।
वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उनको भनाई रहेको छ ।
आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताए । उनले भने, ‘निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुनसकेको छैन, कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ ।’
जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई छ । नगरसभापछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए ।
नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन नसकेको उनको दुखेसो
थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४     10:48:54 AM  |