17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

जिर्ण भवनमा पढ्दै बालबालिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४  

यान बि.साहु, कोहलपुर, ०२  भदौ / बाँकेको बैजनाथ गाउँपालिका–५ मचेरा स्थित सुन्दर प्रारम्भिक बालविकास केन्द्रको भवन वर्षातका कारण जिर्ण बन्दै गएपछि बाल बालिकालाई अध्ययन गर्न कठिनाई भएको छ ।
चौध वर्षअघि स्थापना भएको बालविकास केन्द्रको छाना चुहिने र एकतर्फको पर्खाल समेत भत्केका कारण अध्ययन अध्यायपनमा कठिनाई भएको हो ।
सो बाल विकास केन्द्रकी शिक्षिका राम कुमारी थारुले माटोको पर्खाल भएका कारण कति बेला भत्कने हो भन्ने डरका कारण राम्रोसंग अध्यापन गराउन नसकिएको बताईन् । भवनको छाना चुहिदा विद्यार्थीको झोला, किताब, कापी भिज्ने गरेका छन् भने चिप्लेर लड्ने सम्भावना समेत बढेको छ । स्थानीय खलमाया थारुले भवन जिर्ण भएका कारण बालबालिकालाई अध्ययन गर्न जोखिम बढेका बताईन् ।
अर्की अभिभावक चन्द्रारानी थारुले बालबालिकाका लागि यथाशक्य भवन बनाउनु पर्ने बताईन् । २५ जना बालबालिका अध्ययन गरिरहेको सो बाल
विकास केन्द्र यस पटकको वर्षाका कारण थप जिर्ण बन्दै गएको हो ।
बालविकास भवन जिर्ण बन्दै गएपछि बैजनाथ गाउँपालिकाको गाउँसभाबाट मर्मतका लागि रु. ७५ हजार रकम विनियोजन गरिएको वडा सदस्य लक्ष्मी थारुले बताईन् । यस्तै वर्षातकै कारण बैजनथा गाउपालिकाको गुरुवा गाउँमा रहेको ईश्वरी प्रारम्भिक बाल विकास केन्द्रको भवनमा समेत क्षति भएको अभिभावक
बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     3:54:07 PM  |