17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

बाढी प्रभावित क्षेत्रमा स्वयम् सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४  

कोहलपुर, ०२  भदौ / बासले बाँकेको बाढी प्रभावित राप्तीपारी सामाजिक सद्भावका लागि स्वयम् सेवा कार्यक्रम गरिएको छ । कार्यक्रमअन्तरगत बाँकेको नरैनापुर गाँउपालिकाको वडा नं. ६ गंगापुरका विभिन्न स्थानमा अस्थाई कच्चीचर्पी निर्माण गरेको छ ।
बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह सहित ८ जना स्वयम् सेवकहरुले प्रभावित क्षेत्रका विभिन्न स्थानमा पीडितहरुलाई सहयोग समेत गरेको थियो । कार्यक्रमअन्तरगत गंगापुरका बाढीपीडितहरुलाई खानेपानी वितरण गरेको थियो ।
बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा बासका स्वयम्सेवकहरुसँग पीडितहरुले आफुहरु गास, बास र कपासको अभावमा बस्न बाध्य भएको भन्दै उनीहरुले राहतको आसमा बसेको गुनासो पोखे । बाढी पीडितको समस्या बुझिदिन सबैलाई अपील गरे । अवलोकनको क्रममा सो क्षेत्रका सबै जसो घरहरुमा पानि पसेर घरमा रहेका सम्पूर्ण सामाग्रीहरु नष्ट भएको छ ।
चारैतिर पानी जमेका कारण उनीहरुका लागि तत्कालखाने पानी, खाद्यान्न तथा औषधीको अभाव रहेको छ । बासले यूएनडिपीको सहयोगमा सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना संचालन गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     3:48:37 PM  |