15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

सहकारी संघद्वारा राहतकोष स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन / सहकारी संघ–संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघ बाँकेले बाढीपीडितहरुको सहयोगार्थ राहत कोष स्थापना गरेको छ । मंगलबार बसेको जिल्ला सहकारी संघ बाँकेको बैठकले रु ५ लाख ५० हजारको बाढीपीडित राहत कोष स्थापना गर्ने निर्णय गरेको संघका बाँके अध्यक्ष प्रेम सुवेदीले बताए ।
सुवेदीका अनुसार हालै परेको भारी वर्षा र त्यसको कारण आएको बाढीबाट प्रभावित परिवारहरु मध्ये मृत्यु भएका प्रति परिवार रु. १० हजार नगद वितरण गरिने छ । अन्य राहत सामाग्रीहरुमा अरु कसैले नदिएको र बाढीपीडितहरुलाई तत्काल बाँच्चका लागि नभइनहुने सामाग्रीहरु प्रमुख जिल्ला अधिकारीसँग समन्वयन गरी वितरण गरिने छ ।
संघले बाँके जिल्लामा रहेका र जिल्ला सहकारी संघमा आवद्ध भएका सबै सहकारी संघहरुलाई बाढीपीडित राहत कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको अध्यक्ष सुवेदीले बताए । बाढीपीडितहरुको लागि रकम राशी तोकेरै गैरसरकारी तर्फबाट यति ठूलो कोष स्थापना गर्ने जिल्ला सहकारी संघ नै पहिलो संस्था रहेको अध्यक्ष सुवेदीले बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     2:01:59 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *