1 February 2023  |   बुधबार, माघ १८, २०७९

बाँकेका महिला पत्रकारद्वारा बाढीपीडितका लागि राहत संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन /  बाँकेमा क्रियाशील महिला पत्रकारले बाढी पीडितहरुका लागि तिज खर्च कटौती गरी राहत संकलन गर्ने लागेका हुन । क्रियाशील महिला पत्रकार बाँकेका कार्यबाहक अध्यक्ष अमृता के.सी.को अध्यक्षतामा सोमबार बसेको बैठकले प्राकृतिक विपत्ती बाढीबाट पीडितहरुको सहयोगार्थ महिला पत्रकारहरुले तिजको खर्च कटौती गरी राहत संकलन गर्ने निर्णय गरेका हुन् ।
सोमबार बसेको बैठकबाट बाँकेका महिला पत्रकारहरुले १२ हजार रुपैंया नगद संकलन गरेका छन् । आफूहरुले आउँदै गरेको महिलाहरुको महान चाड हरितालिका तिजमा गर्ने खर्च कटौती गरी बाढीपीडितहरुको लागि राहत संकलन गरिएको कार्यबाहक अध्यक्ष अमृता केसीले जानकारी दिइन् ।
संकलन गरिएको रकमबाट राहत सामग्री खरिद गरी दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमूख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने के.सी
बताइन् ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     1:55:21 PM  |