8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

अन्तरद्वन्द र ईगो नत्यागे कांग्रेसीहरुको भविष्य समाप्त हुने ः मन्त्री गौतम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४  

बर्दिया, २७ साउन / सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द र ईगो नत्यागे कांग्रेसीहरुको भविष्य समाप्त हुन बताएका छन् । त्यसैले ईगो र अन्तरद्वन्द त्यागी समग्र कांग्रेस निर्माणमा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सिचाईमन्त्री बनेपछि पहिलो पटक राजापुर क्षेत्रमा पुगेका मन्त्री गौतमले नेपाली कांग्रेस क्षेत्र नं ४ ले राजापुरमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आपसी अन्तरबिरोध कम गर्न नसके समग्र कांग्रेस निर्माण नहुने र त्यसले आगामी निर्वाचनमा पनि असर पुग्न सक्ने बताउँदै समग्र कांग्रेसमा नै सबैको भविष्य रहेको जिकीर गरे ।
कंग्रेस कार्यकर्ताहरु बीचको आपसी अन्तरबिरोध र ईगोको राजापुर क्षेत्रमा बहुमत वडा जितेर पनि मेयर उपमेयर गुमाउनु परेको प्रष्ट पार्दै कांँग्रेस बर्दियाका सभापति समेत रहेका गौतमले ईगो नत्यागे समग्र कांग्रेस निर्माण हुन नसक्ने र त्यसको असर आगामी निर्वाचनमा समेत परि समग्र कांग्रसीहरुको भविष्य नै समाप्त हुन सक्ने बताए ।
केही समयपछि हुन लागेको प्रदेश तथा केन्द्र चुनावमा बर्दियामा दुईवटा निर्वाचन क्षेत्र कायम रहने संकेत देखिएको प्रष्ट पार्दै नेता गौतमले कार्यकर्ता र नेताहरु बीच ईगो तथा अन्तरबिरोध हटाएमा बर्दियामै सबै सिट कांग्रेसले जित्ने दावी समेत गरे ।
आफु मन्त्री हुनुमा बर्दियाका जनता र नेपाली कांग्रेसको ठुलो योगदान रहेको धारणा राख्दै उंनले आफुलाई अधिकतम रुपमा उपयोग गर्न कार्यकर्तालाई सुझाव दिए ।
आफुुले बर्दियाको माटो, विकास र राजनीति धेरै नजिकबाट बुझेको बताउदै सिचाई मन्त्री गौतमले आफु मन्त्री हँुदासम्म राजापुरको कर्णाली नियन्त्रण आयोजना, कैलालीको रानी जमरा सिचाई आयोजना, बबई सिचाई आयोजना र भेरी बबई डाईभर्सन आयोजनाको निर्माण कार्यले उच्च गति लिने बताए ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     12:31:14 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *