हत्याको विरोधमा कोहलपुरमा प्रदर्शन



कोहलपुर, ३० असार / हत्याको विरोधमा कोहलपुरमा बिहीबार विरोध प्रदर्शन गरिएको छ । आफ्नै श्रीमतीको गला रेटि हत्या गर्ने कोहलपुर नगरपालिका वडा नम्बर ४ बेडनपुरका २९ वर्षिय मोहमद अस्ताव बेडुवालाई कडा कारबाहीको माग गर्दै बेडनपुरबासीले विरोध प्रर्दशन गरेका हुन् । मदनचोकबाट नारा सहित विरोध प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगी दोषी उपर कडा कारबाहिको माग गरेका हुन् ।  गत २६ गते राती बेडुवाले आफ्नै २७ वर्षिय श्रीमती मन्सुर बेडुवाको गला रेटेर हत्या गरी टाउको मात्रै लिएर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ असार ३० गते शुक्रबार