1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

बर्दियामा १६ पदमा १ सय १७ को उम्मेदवारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४  

बाँसगढी, ६ असार  / २ गाउँपालिका र ६ नगरपालिका गरि आठ स्थानीय तह रहेको बर्दियामा नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष गरि १६ पदमा १ सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
६ नगरपालिकाको मेयर पदमा ५१जनाको र गाउपालिकाको अध्यक्ष पदमा ११ जनाको तथा दुई उपमेयर पदका लागि ४४ जनाको र दुई उपाध्यक्षका लागि ११जनाको उम्मेदवारी परेको छ ।
नगरपालिका तर्फ गुलरियामा ९÷९जनाले मेयर तथा उपमेयरमा, बाँसगढीमा नगरपालिमा ८÷८जनाले मेयर तथा उपमेयरमा, ठाकुरबाबामा ७जनाले मेयरमा र ६जनाले उपमेयरमा , बाह्रबर्दियामा ११जनाले मेयरमा र ९जनाले उपमेयरमा ,मधुवनमा ७ जनाले मेयरमा र ५ जनाले उपमेयरमा, राजापुरमा ९जनाले मेयरमा र ७ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
बढैयाताल गाउँपालिकामा ६ जनाले अध्यक्षमा तथा ७ जनाले उपाध्यक्षमा र गेरुवा गाउँपालिकामा ५जनाले अध्यक्षमा र ४जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     11:54:17 AM  |