23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

अनेम संघको पुनर्गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४  

कोहलपुर, ४ असार / नेकपा एमाले निकट बैजनाथ गाउँपालिकाको वडा नं. १ स्तरीय अखिल नेपाल महिला संघको पुनर्गठन गरिएको छ । बैजनाथ १ चिसापानीमा भएको एक भेलाले लक्ष्मी सिंहको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्ष सपना गुरुङ र हासु देवी, सचिव आशा गुरुङ, सहसचिव सरस्वती बुढा तथा कोषाध्यक्ष खगीसरी सुनार रहेका छन् । सदस्यहरुमा जमुना रायमाझी, भुमिसरा सुनार, ललिता ढकाल, बिष्णु कुमारी बुढा लगायत छन् ।
अनेम संघले स्थानीय निकायको निर्वाचनका लागि मतदाताहरुलाई मतदाता शिक्षा अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     12:00:24 PM  |