25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कांग्रेसका उम्मेदवारको गाडीमा राजपा नेताद्वारा तोडफोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

कोहलपुर, ३१ जेष्ठ /  नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार डा. सुरेशकुमार कनोडियाको प्रचारप्रसारको गाडीमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता, कार्यकर्ताले तोडफोड गरेका छन् ।
संविधान संशोधन नगरी दोश्रो चरणको निर्वाचन गर्न लागेको भन्दै असन्तुष्ट राजपाले आन्दोलनको घोषणा गरेको छ । सोही अनुरुप राजपाका नेता कार्यकर्ताले ३० जेष्ठमा कांग्रेसको प्रचारप्रसारको बा १४ च १३८७ नम्बरको गाडीमा ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा आंशिक फुटेको छ । ढुंगा हानेको आरोपमा प्रहरीले राजपा बाँकेका नेता ललित रौनियारलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:46:28 PM  |