23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

सरकार र राजपाको साँठगाँठ छ ः केपी ओली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र राष्ट्रिय जनता पार्टीबीच साँठगाँठ भएको दावी गरेका छन् । सोमबार कोहलपुरमा भएको उम्मेदवार घोषणा सभालाई सम्बधोन गर्दै ओलीले दोश्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिन चलखेल शुरु भएको बताएका हुन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन एमालेमय भएपछि सत्तासिन दल कांग्रेस, माओवादी डराएको उनको भनाई छ । ‘वर्तमान सरकारले चुनाव गराउन चाहेकै छैन’ उनले भने ‘सरकार र राजपाको साँठगाँठ भएकै कारण राजपा आन्दोलनमा उत्रिएको छ ।’
यसैबीच उनले अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा भएका कामले सदाका लागि नाकाबन्दी अन्त्य भएको दाबी गरेका हुन् ।
एमालेले कोहलपुर नगरपालिकाको मेयरमा लुटबहादुर रावत र उपमेयरमा कृष्ण कुमारी थारुलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     1:12:28 PM  |