23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

बर्दियामा निर्वाचनको तयारी अन्तिम चरणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

बर्दिया, ३० जेष्ठ /  असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका काम बर्दियामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आश्यक पर्ने सामग्री, सुरक्षा ब्यबस्था तथा कर्मचारी स्वयमसेबक र निर्वाचनमा खटाईने कर्मचारी, मतदान अधिकृतहरुलाई तालीम, नियुक्त दिने काम अन्तिम चरणमा पुगेको बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।
बर्दियाको २ गाँउपालीका र ६ नगरपालीकाको १ सय ५३ स्थानमा ३ सय १४ मतदान केन्द्रमा भोट हाल्ने ब्यबस्था मिलाउने भएको छ । बर्दियामा २ लाख ५३ हजार मतदाता रहेकोमा १ हजार ८ सय ८४ जना निर्वाचनमा कर्मचारी खटिएर जाने छन् भने मतदान अधिकृतहरुले ९ सय ४२ जना स्वयमसेवक राखिने मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।
निर्वाचन स्थालमा मतदानका दिन प्राथमिक औषधी उपचार, खानेपानीको ब्यबस्था, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिलाहरुको लागी बिशेष ब्यबस्था मिलाइने छ । यस्तो ब्यबस्थापन मिलाउनको लागि स्थानीय स्वास्थ्यकर्मी, समाजसेबीहरु संग मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपिल गरेको छ ।
साथै मतदाताहरुलाई बिना कुनै डरत्रास निर्धक्कसँग मतदान केन्द्रमा गई मतदान गर्न निर्वाचन कार्यालयले आह्वान गरेको छ । जिल्लास्थित सुरक्षा निकायको तर्फबाट प्रयाप्त सुरक्षा ब्यबस्था गरिएको हँुदा कुनै किसिमका डरत्रास लिनु पर्ने अबस्था नगरेको निर्वाचन कार्यालयले भनाई छ ।
निर्वाचन कार्यमा खटिएका महिला पुरुष कर्मचारीको तर्फबाट मतदाताहरुलाई आबश्यक सहयोग मिल्ने मुख्य निर्वाचन अधिकृत शर्माले बताए । निर्वाचनको लागि असार २ गते देखि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी दर्ता हुने छ । असार ५ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह दिईने छ र मतदाताहरुलाई मतदाता परिचयपत्र बितरण गरिने छ । असार ११ गते सम्पुर्ण आफ्नो मतदान केन्द्र पुगि परिचय पत्र बितरण गर्ने छन् । बर्दियामा हाल सम्म २१ दल दर्ता भएको छ र अन्य स्वतन्त्र उम्मेद्वारहरु पनि निर्वाचनमा भाग लिने छन् । निर्वाचनमा मतदान आगामी असार १४ गते बिहान ७ बजे देखि साँझ ५ बजे सम्म हुने छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     1:07:52 PM  |