19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सरसफाईमा योगदान पु¥याउने दुईजना सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४  

कोहलपुर, २९ जेष्ठ /  शान्ति स्मारक पार्कको शिलन्यासहरियाली प्रवद्र्धन तथा वातावरणीय सरसफाई क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने दुई जनालाई बर्दियामा सम्मान गरिएको छ ।
अठारांै राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसरमा जिल्ला खानेपानी सरसफाई समन्वय समितिले खैरापुरमा आयोजना गरेको कार्यक्रममा गुलरियाका मेघनाथ अधिकारी र मधुवनका टोपबहादुर खत्रीलाई सम्मान गरेको हो ।
उनीहरुलाई स्थानीय विकास अधिकारी तेजराज शर्र्माले २ हजार ७ सय सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
साथै अठारौ राष्ट्रिय सरसफाई सप्ताहको समापनकै अवसर पारेर बर्दियाको खैरापुरमा निर्माण गरिएको सार्वजनिक शौचालयको उद्घाटन गरिएको जिल्ला खानेपानी तथा सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीप कुमारले बताए ।
खानेपानी तथा ढल निकास बिभागबाट प्राप्त ४ लाख ८५हजार रुपैंयाको लागतमा निर्माण गरिएको सो शौचालय आइतबार नै खैरापुर खानेपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष प्रताप गौतमलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     1:24:16 PM  |